कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको समूह चरणको अन्तिमे खेल सकिन लाग्दा गोल्डेन बुटको दौडमा पाँचजना खेलाडी देखिएका छन्। समूह चरणका खेल सकिन लाग्दा पाँच खेलाडीले समान ३ गोल गर्दै आफूलाई गोल्डेन बुट दौडको अग्र स्थानमा राखेका छन् ।
गोल्डेन बुटको स्पेनका स्ट्राइकर अल्भारो मोराटा, फ्रान्सका फरवार्ड केलियन एम्बाप्पे, इंग्ल्याण्डका मार्कुस रास्फोर्ड, नेदरल्याण्ड्सका कोडी गोप्को र इक्वेडरका इन्नर भ्यालेन्सिया गोल्डेन बुटको दौडमा छन्। यी पाँचैजना खेलाडीले समान ३–३ गोल गरेका छन्। यी पाँचै जना खेलाडीले आफ्नो समूहका तीन खेल खेलिसकेका छन्।
यी पाँच खेलाडीमध्ये भ्यालेन्सियाको देश इक्वेडर प्रतियोगिताबाट बाहिरिसकेको छ। जसकारण गोल्डेन बुट दौडको प्रतिस्पर्धाबाट भ्यालेन्सिया ओझेलमा परेका छन्। प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई हरेक विश्वकपमा गोल्डेन बुट दिइँदै आइएको छ।
यदि, खेलाडीहरूको गोल संख्या बराबरी भएको अवस्थामा बढी असिस्ट उपलब्ध गराउनेलाई यो अवार्ड दिइन्छ। गोल संख्या र असिस्ट पनि बराबरी भएको अवस्थामा जसले थोरै मिनेट मैदानमा बिताएको उसैलाई यो अवार्ड दिइन्छ। मोराटा र एम्बाप्पेले १–१ असिस्ट पनि गरेका छन्।
यस्तोमा गोल्डेन बुटकोदौडमा उनीहरू अगाडि छन्। सन् २०१८ मा ६ गोल गर्दै इंग्ल्याण्डका ह्यारी केनले यो अवार्ड जितेका थिए। २०१४ मा भने ६ गोल नै गर्दै कोलम्बियाका जेम्स रोड्रिगेज तथा २०१० मा जर्मनीका थोमस मुलरले ५ गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका थिए।
यो पनि -जारी फिफा विश्वकप फुटबलमा आज समूह चरण अन्तर्गत अन्तिम ४ खेल हुँदैछन् । यी खेलपछि प्रतियोगिताको समूह चरणका खेल सबै सकिनेछन् । र, अन्तिम १६ प्रवेश गर्ने सबै टिमको टुंगो पनि लाग्नेछ । अहिलेसम्म १४ टिमले अतिन्म १६ मा स्थान तय गरिसकेका छन् ।
अब मात्रै २ टिमका लागि अन्तिम १६ मा स्थान खाली छ । आज हुने ४ खेलबाट थप २ टिम अन्तिम १६ प्रवेश गरेपछि नकआउटको समीकरण पूरा हुनेछ । आज हुने ४ खेलबाट ४ टिम अन्तिम १६ मा जानुपर्नेमा २ टिम अन्तिम खेलअघि नै अन्तिम १६ मा गइसकेकाले २ टिम आज राति हुने ४ खेलबाट तय हुनेछन् ।
आजका खेल मध्ये समूह ‘एच’बाट दुई खेल राति एकै समय ८ः४५ र समूह ‘जी’का २ खेल मध्यराति १२ः४५ बजेबाट एकसाथ हुँदैछन् । अन्तिम खेल बाँकी छँदा समूह ‘जी’बाट अन्तिम १६ मा जानका लागि सबैलाई ढोका खुला छ । यस समूबाट ब्राजिल यसअघि नै अन्तिम १६ मा गइसकेको छ ।
बाँकी एक स्थानका लागि स्वीट्जरल्यान्ड, क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा छ । यी ३ वटै देशमध्ये जो पनि अन्तिम १६ मा जान सक्छन् । सबैभन्दा सजिलो स्वीट्जरल्यान्डलाई छ । उसले आफ्नो खेलमा सर्बियामाथि सामान्य जित निकाले काफी हुन्छ ।तर , सर्बिया र क्यामरुनले भने आफ्नो खेल जित्दै अर्को खेलको नतिजाले पनि साथ दिनुपर्छ ।
ब्राजिललाई– यसअघि नै अर्को चरण प्रवेश गरेको ब्राजिललाई आज हारे वा जिते पनि फरक पर्दैन । तर, आजको खेल पनि जित्दै समूह विजेता बन्न चाहन्छ ।ब्राजिलले अन्तिम १६ मा साउथ कोरिया, घाना र उरुग्वे मध्ये एक प्रतिस्पर्धी पाउन सक्छ ।यदि ब्राजिल र पोर्चुगल दुवै समूह विजेता बनेको खण्डमा ।
स्वीट्जरल्यान्डलाई– ३ अंकका साथ दोस्रो स्थानमा भएको स्वीट्जरल्यान्डलाई सजिलो छ । उसले आज आफ्नो खेलमा सर्बियामाथि सामान्य जित वा बराबरी गरे पनि अर्को चरण जान पुग्छ । आफू हारेको खण्डमा क्यामरुन ब्राजिलसँग हारे पनि स्वीट्जरल्यान्ड अघि बढ्नेछ ।
क्यामरुनलाई– क्यामरुनलाई सजिलो छैन । उसले आफ्नो खेलमा ब्राजिलविरुद्ध अप्रत्यासित नतिजा निकाल्नुपर्छ । सँगै, अर्को खेलमा सर्बियाले झिनो अन्तरमा स्वीट्जरल्यान्डलाई पराजित गर्नुपर्छ । ०–० को बराबरीमा रोकिए पनि क्यामरुनले आफ्नो खेल जितेर अघि बढ्न सक्छ ।
सर्बियालाई– १ अंक भएको सर्बियालाई कठिन छ । उसले स्वीट्जरलयान्डलाई २ गोलसम्मको अन्तरमा हराउनुपर्छ । सँगै, अर्को खेलमा क्यामरुनले ब्राजिलमाथि फराकिलो जित निकाल्नु हुँदैन । यो अवस्थामा सर्बिया पनि अन्तिम १६ मा जानेछ ।