अमेरिका जान रिस्ता बस्नेतले प्रेमीसंग कानुनि बिहे गरिसकेको खुलाशा

ByRocket Reporter

१६ मंसिर २०७९, शुक्रबार ११:१२ १६ मंसिर २०७९, शुक्रबार ११:१२ १६ मंसिर २०७९, शुक्रबार ११:१२

काठमाडौं । आजबाट नयाँ नेपाली चलचित्र ‘पासो’ सिनेमा घरहरुमा रिलिज हुँदैछ, जसमा दुई नायिकाले मुख्य भूमिका निर्वाह गरेका छन् । उनीहरु हुन्– रिस्ता बस्नेत र सुनिशा बजगाईं ।आज सो चलचित्रको प्रेस शो गरिएको थियो ।

नवविवाहित सुनिशाले आफ्नो पहिलो चलचित्र (नायिकाको रुपमा) को प्रिमियरमा श्रीमान राज आचार्य (तितोसत्यका पूर्वबालकलाकार) लाई लिएर आइन् । अर्की नायिका रिस्ता पनि एक पुरुषसँग आइन् । ती पुरुषलाई उनले मिडियासँग आफ्नो ‘व्वाइफ्रेन्ड’ भनेर चिनाइन् ।

यी पुरुष हुन् अजयसिंह ठकुरी, जो धेरै कार्यक्रममा रिस्तासँग देखिन्छन् । रिस्ताले सँधै उनलाई व्वाइफ्रेन्ड नै भनेर चिनाउँछिन् । तर, यथार्थमा अजय र रिस्ता श्रीमान-श्रीमती हुन् । पारिवारिक स्रोतका अनुसार केही समय अगाडि उनीहरुको कोर्ट म्यारिज भइसकेको छ ।

विवाह गरेर सँगै बस्न थाले पनि रिस्ता र अजय किन श्रीमान–श्रीमतीको रुपमा खुल्न नचाहेका हुन् त ?खासमा रिस्ताकी आमा विपना बस्नेतले उनीहरुको विवाहलाई मान्यता दिएकी छैनन् । विवाहको विषयमा आमाछोरीबीच सहमति नभएको स्रोतको भनाइ छ ।

आमा विपनाले परम्परागत तवरले धुमधामसँग छोरीको विवाह गर्न चाहेकी छन् । सम्भवत केही दिनमै उनीहरुको परम्परागत विवाह हुने छ ।रिस्ताकी आमा विपना पनि चर्चित कलाकार हुन् । उनी केही समयअघि हास्य टेलिश्रृंखला ‘तितो सत्य’ मा हिसिला यमीको भूमिकामा अभिनय गर्थिन् ।

उनले अरु थुप्रै टेलिचित्र र चलचित्रमा काम गरिसकेकी छन् । विपनाका श्रीमान दिपक क्षेत्रीको भने २०७६ सालमा निधन भएको थियो ।दिपक विपनाका दोस्रो श्रीमान थिए । रिस्ता भने उनको पहिलो श्रीमानतर्फकी छोरी हुन् । रिस्ताले आफ्नो थर अधिकारी (बस्नेत) लेख्ने गर्छिन् ।

अधिकारी उनका बुबाको थर हो । विपनाले आफ्ना दुई छोराछोरी हुर्काउन निकै संघर्ष गरेकी थिइन् ।यता चर्चित लोक तथा दोहोरी गायिका कल्पना दाहाल विवाह बन्धनमा बाँधिएकी छन् । दाहाल अमेरिकामा बस्दै आएका पुण्य प्रसाद आर्चायसँग धार्मिक विधि अनुरुप आजबाट विवाह बन्धनमा बाँधिएकी हुन ।

पछिल्ला दिनहरुमा इन्द्रेणी कार्यक्रम मार्फत निकै चर्चामा आएकी गायिका दाहालको आर्चायसंग विवाह भएपछि अमेरिका जाने भएकी हुन ।विवाह कार्यक्रममा उनलाई आशिवाद दिनको लागि विभिन्न संघसंस्थाका व्यक्ति, कलाकार तथा सांस्कृतिक क्षेत्रका विभिन्न महानुभाावहरुको सहभाागिता रहेको छ ।

गत जेठमा कल्पना र पुण्यले ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेका थिए । आज भने उनीहरुले परम्परागत रितिअनुसार विवाह गरेका हुन् । इमाडोलस्थित इन्द्रेणी बैंक्वेटमा आयोजित वैवाहिक समारोहमा चलचित्र तथा गायन क्षेत्रका केही कलाकारहरु सहभागी भएका छन् ।

लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गायिका दाहाल इन्द्रेणीमा दोहोरी गाएपछि चर्चामा आएकी हुन् । उनले चर्चित वक्ता रमेश प्रसाईंसँग गाएको दोहोरी सुपरहिट भएको थियो ।रमेश संग को दोहोरि हेरेका दर्शकले भने रमेशसंग नै बिहे गर्न सुझाब दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *