पूजा शर्मा प्रेमी युद्ध बानियासँग रोमान्टिक, के छिट्टै बिहे गर्ने तयारीमा हो ?

ByRocket Reporter

१२ मंसिर २०७९, सोमबार १५:३४ १२ मंसिर २०७९, सोमबार १५:३४ १२ मंसिर २०७९, सोमबार १५:३४

अभिनेत्री पूजा शर्माले आफ्नो जीवनमा कोही विशेष व्यक्ति आएको खुलासा गरेकी छन् । अभिनेत्री प्रियंका कार्कीसँगको चिट च्याट गफमा उनले आफू मिंगल हुने तयारीमा रहेको खुलाएकी हुन् ।

फ्यानले ‘कसम सिंगल हो ?’ भनेर सोधेको प्रश्नमा उनले भनेकी छन्, ‘सिंगल नभनिहालुम् । मेरो जीवनमा कोही आएको छ र उसलाई बुझ्दै छु । तर, त्यो व्यक्ति आकाश होइन ।’

सही समय आएपछि आफ्नो जीवनमा आएको व्यक्तिको बारेमा खुलासा गर्ने उनले बताएकी छन् । अर्को वर्षभित्र आफू विवाह बन्धनमा बाँधिने तयारीमा रहेको समेत उनले बताइन् । बिहेबारे उनी भन्छिन्, ‘जीवनमा नयाँ मान्छे आएर बिहे गर्न लागेको चाहिँ होइन । अब बेला पनि भयो । करिअर पनि राम्रो भयो, सोचेका कुरा पनि भए । अब परिवार अगाडि बढाउनु पर्छ भन्ने भएर हो ।’

नयाँ प्रेमीसँग भने पुजाले विवाह नै गर्ने सोचेको निकटस्थको भनाइ छ । उनीहरुबीच चाँडै ईंगेजमेन्ट हुन सक्ने बताइएको छ ।

दुवैले यस विषयमा बोलेका छैनन् । तस्वीर सेयर गर्ने क्रममा पुजाले ‘यु आर द वान’ भन्दै युद्धलाई प्रेमीका रुपमा चिनाएकी छन् । केही दिनअगाडि पनि उनले आपूलाई कठिन समयमा साथ दिएको भन्दै यु-द्धप्रति आभार व्यक्त गरेकी थिइन् ।

अब भने उनीहरु प्रेमलाई विवाहमा परिणत गर्ने योजना बुन्न थालेको बुझिएको छ । युद्ध र पुजाको प्रेमका विषयमा केही महिना अगाडिदेखि गसिप सुरु भएको थियो । आफ्नो जीवनमा कोही पुरुष आएको तर समय आएपछि मात्रै सार्वजनिक गर्ने उनले बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *