जापानको चामत्कारिक प्रदर्शन, स्पेन र जर्मनीलाई हराउँदै बन्यो समूह विजेता

ByRocket Reporter

१६ मंसिर २०७९, शुक्रबार ०५:०६ १६ मंसिर २०७९, शुक्रबार ०५:०६ १६ मंसिर २०७९, शुक्रबार ०५:०६

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा जपानले चामत्कारिक प्रदर्शन गरेको छ। विश्वकपमा सहभागी ६ एसियन राष्ट्र मध्ये सबैभन्दा अप्ठ्यारो समूहमा परेको जापानले चामत्कारिक प्रदर्शन गर्दै समूह विजेता बन्यो।

पहिलो खेलमा चार पटकको च्याम्पियन जर्मनलाई २-१ले हराएको जापानले समूहको अन्तिम खेलमा स्पेनमाथि पनि २-१ को जित निकाल्यो । जापानले दुवै खेलका १ गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा २ गोल गर्दै जित निकलोको थियो। स्पेन र जर्मनी रहेको यो समूहबाट जापान नकआउट पुग्ने सायदै कसैलेको सोचेका थिए ।

तर, जापानले ती दुवै राष्ट्रलाई हराउँदै अत्प्रत्यासित रुपमा नकआउट पुग्यो समूह विजेताका रुपमा ।बिहीबार राति भएको खेलमा स्पेन विरुद्ध जित दिलाउन रिट्सु डोअन र ओ टानकाले गोल गरे । स्पेनका अल्भारो मोराटाले गोल गरेका थिए। पहिलो हाफ पूर्ण रुपमा दबाबमा राखेको स्पनेले ११औं मिनेटमा अग्रता लियो।

उसका मोराटाले गोल गरे। यो गोलसँगै मोराटा विश्वकपमा स्पेनका लागि लागतार तीन खेलमा गोल गर्ने पहिलो खेलाडी बने।पहिलो हाफमा १ गोलले पछि परेको जापनले दोस्रो सुरुआतमै २ परिवर्तन गर्यो। त्यसको प्रभाव खेलमा देखिएयो। मैदान प्रवेश गरेको २ मिनेटमै डोअनले गोल गर्दै जापानलाई खेलमा फर्काए।

४८औं मिनेटमा उनले जुन्या इटोको पासमा गोल गरेका थिए। खेल बराबरी आएपछि उत्साहित बनेको जापानले त्यसको तीन मिनेटपछि नै अग्रता लियो । ५१औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई अग्रता दिलाए। त्यही अग्रतालाई अन्त्यसम्म जोगाउँदा जापान कठीन समूहमा रहेर पनि विजेता बन्यो।

विजेता बनेको जापानले अब अन्तिम १६ मा समूह एफको उपविजेता क्रोएसियाको सामाना गर्ने छ। यता, जापानसँग पराजित भएपनि स्पेन उपविजेताका रुपमा नकआउट पुगेको छ। उसले अन्तिम १६मा एफको विजेता मोरक्कोसँग खेल्नेछ। योसँगै जापान पहिलो पटक लागतार दुई विश्वकपको नकआउटमा स्थान बनाउन सफल भयो।

ऊ सन् २००२ पछि पहिलो पटक समूहको विजेता बन्यो। यस्तै, जापान विश्वकपमा पहिलो हाफमै पछि परेको २ खेलमा जित निकाल्ने केवल तेस्रो टिम बन्यो । यसअघि यो उपलब्धि ब्राजिलले १९३८ र जर्मनीले १९७०मा हासिल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *