प्रदीप खड्काको नाना पाटेकरसँग भेट, के हिन्दी फिल्ममा सहकार्य हुदैछ ?

ByRocket Reporter

१३ मंसिर २०७९, मंगलवार १०:२५ १३ मंसिर २०७९, मंगलवार १०:२५ १३ मंसिर २०७९, मंगलवार १०:२५

प्रदीप खड्का र बलिउड अभिनेता नाना पाटेकरबीच केही दिनअघि मुम्बईमा भेट भएको छ । यी दुई कलाकारबीचको यो भेट तेस्रोपटक हो ।

निर्देशक तथा निर्माता सन्तोष सेनले प्रदीप र नानाबीचको भेटबारेको तस्वीर सार्वजनिक गरेपछि यसले फिल्मवृत्तमा चर्चा बटुलेको छ । औपचारिक रुपमा केही नबताइए पनि प्रदीप र नानाबीच एक हिन्दी फिल्ममा सहकार्यको तयारी रहेको बताइएको छ ।

प्रदीपले बलिउड फिल्म साइन गर्ने चर्चाका बीच बाहिरिएको यो तस्वीरलाई महत्वका साथ लिइएको छ ।

निर्माण हुन लागेको यो नयाँ प्रोजेक्टमा प्रदीप र नानाले सहकार्य गर्न सक्ने र उक्त भेट सोही उद्देश्यले भएको निकट स्रोतले जनाएको छ ।

‘प्रेमगीत ३’पछि प्रदीप भारतीय दर्शकमाझ चर्चामा छन् र केही साताअघि उनी बलिउड फिल्म ‘डबल एक्सएल’को प्रिमियरमा सोनाक्षी सिन्हासँग पनि देखिए पछि चर्चामा रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *