विश्व कपमा आज दक्षिण कोरिया र पोर्चुगल अनि घाना र उरुग्वेबीच खेल हुदै, पेनाल्टी मिस गरेका मेस्सिले…

ByRocket Reporter

१६ मंसिर २०७९, शुक्रबार ०५:२० १६ मंसिर २०७९, शुक्रबार ०५:२० १६ मंसिर २०७९, शुक्रबार ०५:२०

कतारमा जारी फिफा विश्व कप २०२२ मा आज शुक्रबार समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘जी’ र ‘एच’ का अन्तिम चार खेलमा प्रतिस्पर्धा हुँदैछ ।यि चार खेलकाे नतिजासँगै विश्वकपकाे प्रि–क्वाटर फाइनल समिकरण पूरा हुनेछ । हालसम्म १४ टाेलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

समूह ‘एच’ अन्तर्गत आज दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ । यी दुई खेल नेपाली समय अनुसार राति ८:४५ बजेपछि हुनेछ ।यो समूहबाट पोर्चुगल अन्तिम १६ मा पुगिसकेको छ । अरु तीन टोली दक्षिण कोरिया, घाना र उरुग्वेको नकआउट चरणमा पुग्ने सम्भावना उत्तिकै छ ।

दक्षिण काेरियालाई अघिल्लाे चरण पुग्न पोर्चुगललाई हराउनु पर्ने हुन्छ । बराबरी या हारले दक्षिण काेरिया समूह चरणबाटै बाहिरिनेछ ।यसअघि नै समूह चरण पार गरिसकेकाे पोर्चुगललाई दक्षिण काेरियाविरुद्व जुनसुकै नतिजा आएपनि केही फरक पर्ने छैन । तर टाेली अपराजित रहँदै समूह चरण पार गर्न चहान्छ ।

अर्काे खेलमा घाना र उरुग्वे दुवैकाे लागि निकै महत्वपूर्ण छ । दुवै टाेली जित निकाल्दै अन्तिम १६ मा पुग्न चहान्छ । पाेर्चुगलसँग दक्षिण काेरियाले हार या बराबरीकाे नतिजा निस्कदा घानालाई बराबरीकाे नतिजा नै अघिल्लाे चरण पुग्न पर्याप्त हुनेछ । उरुग्वे लाई भने जित बाहेककाे विकल्प छैन ।

याे समूहमा पाेर्चुगलकाे २ खेलबाट ६ अंक छ । घानाकाे ३ तथा दक्षिण काेरिया र उरुग्वकाे समान १ अंक छ ।यस्तै समूह ‘जी’ मा सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच खेल हुँदैछ । यो समूहको दुई खेल राति १२:४५ बजे सुरु हुनेछ ।समूह ‘जी’ बाट ब्राजिल नकआउट चरणमा पुगिसक्दा स्विट्जरल्यान्ड, क्यामरुन र सर्बियाको नकआउट चरणमा पुग्ने सम्भावना छ ।

क्यामरुनलाई अघिल्लाे चरण पुग्न ब्राजिललाई हराउनु पर्ने हुन्छ । बराबरी या हारले क्यामरुन समूह चरणबाटै बाहिरिनेछ । यसअघि नै समूह चरण पार गरिसकेकाे ब्राजिललाई क्यामरुनविरुद्व जस्ताेसुकै नतिजा आएपनि केही फरक पर्ने छैन । तर ब्राजिल शतप्रतिशत जित निकाल्दै समूह विजेतार बनेर अघि बढ्न चहान्छ ।

अर्काे खेलमा स्विट्जरल्यान्ड र सर्विया दुवैकाे लागि निकै महत्वपूर्ण छ । दुवै टाेली जित निकाल्दै अन्तिम १६ मा पुग्न चहान्छ । ब्राजिलसँग क्यामरुनले हार या बराबरीकाे नतिजा निस्कदा स्विट्जरल्यान्डलाई बराबरीकाे नतिजा नै अघिल्लाे चरण पुग्न पर्याप्त हुनेछ ।

सर्वियालाई भने जित बाहेककाे विकल्प छैन ।याे समूहमा ब्राजिलकाे ६ अंक छ । स्विट्जरल्यान्डकाे ३ तथा क्यामरुन र सर्वियाकाे समान १ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *