किन एकाएक भाइरल बन्यो यो नेपाली तस्बिर ?

ByRocket Reporter

१४ मंसिर २०७९, बुधबार ०७:३१ १४ मंसिर २०७९, बुधबार ०७:३१ १४ मंसिर २०७९, बुधबार ०७:३१

मंसिर लागेसँगै विवाहको मौसम सुरु भएको छ । विवाह संस्कारमा आएको विदेशी प्रभावलाई लिएर कतिपय चिन्तित पनि छन् ।

जीवनमा एकपटक गर्ने विवाहलाई किन धुमधामले नगर्ने भन्दै एकथरी खर्चिलो प्रवृत्तिलाई बढावा दिइरहेका छन् । यो प्रवृत्तिलाई कटाक्ष गर्दै हास्य टेलिभिजन श्रृंखला ‘सक्किगो नि’ले विवाह विशेष एपिसोड तयार पारेको छ ।

नेपाली संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले श्रृंखला तयार पारिएको निर्देशक अर्जुन घिमिरेले बताए । दर्शकले आगामी विहीबार राति ८ बजे हिमालय टीभीमा विवाह विशेष श्रृंखला हेर्न पाउनेछन् । ‘विवाह सिजनले नेपाली संस्कृति र कला हरायो । विदेशी संस्कृति भित्रिन थाले र मौलिकता भुल्दै गए । नेपाली संस्कृतिलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले एपिसोड तयार पारेका छौं,’ पाँडेले भने ।

चुनावको समयमा चुनावको कथावस्तुमा केन्द्रित भएका हास्यश्रृंखला यसपटक विवाह केन्द्रित भएका छन् ।

कतिपयले विश्वकप फुटबलको कथावस्तुमा आधारित रहेर श्रृंखला निर्माण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *