गायक सुनिल गिरीले गरे जर्मनीमा प्रेमिका अञ्जु आचार्यसँग विवाह ।

ByRocket Reporter

१५ मंसिर २०७९, बिहीबार ११:०५ १५ मंसिर २०७९, बिहीबार ११:०५ १५ मंसिर २०७९, बिहीबार ११:०५

चर्चित गीत ‘को होला त्यो’ फेम्ड गायक तथा संगीतकार सुनिल गिरीले पनि विवाह गरेका छन् । मंसिर लागे यता कलाकारहरू धमाधम विवाह बन्धनमा बाँधिदैछन् ।

फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै उनले अञ्जु आचार्यसँग आफूले विवाह गरेको जनाएका छन् । बेहुला बेहुली लुक्समा फिचर्ड उनीहरुले यो म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । केही वर्षदेखि उनीहरु प्रेममा रहेको जनाइएको छ ।

विवाहको खबर सार्वजनिक गर्ने गिरीको यो शैली पनि गज्जबकै छ । यो गीतको कम्पोज उनै आफैंले गरेका छन् । नेपाल र जर्मनीमा भिडियो छायांकन गरिएको छ ।

को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझ सुनिलका हिट गीत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *