करिश्माले सलोन र शोभितसँग गरिन् यस्तो वाचा, शोभितले पनि गरे नातीनातिनी स्याहार्ने बाचा (भिडियो

ByRocket Reporter

१५ मंसिर २०७९, बिहीबार १५:५५ १५ मंसिर २०७९, बिहीबार १५:५५ १५ मंसिर २०७९, बिहीबार १५:५५

नायक सलोन बस्नेत र एयर होस्टेज करिश्मा केसीले बुधबार काठमाडौंको पाँच तारे हायात प्यालेसमा भव्य पार्टीको आयोजना गरे । फिल्म क्षेत्रका अधिकांश मानिसहरु उपस्थित भएको यो पार्टीमा सलोन रोए ।

यो पनि उठ्नुहोस्

सलोनले पनि बहिनीले आफूलाई धेरै रुवाएको बताए । मिडियासँग कुरा गर्दै सलोन र करिश्माले बिहे गर्दा मज्जा आउने अनुभव सुनाए । तर, दुबैले पिता शोभित बस्नेतसँग भने परिवारलाई एक बनाएर अगाडि लैजाने वाचा गरे । शोभितले पनि आफूलाई मात्र नभएर सिंगो बस्नेत परिवारलाई नै साथ लिएर अगाडि बढेको खण्डमा आफू खुशी हुने बताए ।

यस्तै, नायक सलोन बस्नेतले पनि आफूमा रहेका केही अपूर्ण कुराहरु करिश्माको आगमन पछि पुरा भएको बताए । यसअघि बस्नेत परिवारलाई एक बनाउन आफ्ना पिताले खेलेको भूमिका अब आफूले खेल्ने सलोनको तर्क थियो ।

सलोनले यसो भनिरहँदा शोभितले नाती वा नातिनी भएपछि सबै काम छाडेर उनीहरुकै स्याहार गर्ने बताएका थिए

यो पनि –
गायक सुनिल गिरीले गरे प्रेमिका अञ्जु आचार्यसँग जर्मनीमा विवाह

विवाह सिजन सुरु भएको छ । कलाकार धमाधम विवाह बन्धनमा बाँधिदैछन् । चर्चित गीत ‘को होला त्यो’ फेम्ड गायक तथा संगीतकार सुनिल गिरीले पनि विवाह गरेका छन् ।

फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै उनले अञ्जु आचार्यसँग आफूले विवाह गरेको जनाएका छन् । बेहुला बेहुली लुक्समा फिचर्ड उनीहरुले यो म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । केही वर्षदेखि उनीहरु प्रेममा रहेको जनाइएको छ ।

विवाहको खबर सार्वजनिक गर्ने गिरीको यो शैली पनि गज्जबकै छ । यो गीतको कम्पोज उनै आफैंले गरेका छन् । नेपाल र जर्मनीमा भिडियो छायांकन गरिएको छ ।

को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझ सुनिलका हिट गीत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *