क्यानडालाई हराउदै मोरक्को नकआउट चरणमा प्रवेश – Saja Khabar

ByRocket Reporter

१५ मंसिर २०७९, बिहीबार १७:२९ १५ मंसिर २०७९, बिहीबार १७:२९ १५ मंसिर २०७९, बिहीबार १७:२९

अफ्रिकी राष्ट्र मोरक्को फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।विहीबार खल थुमामा रंगशालामा मोरक्को २-१ को जितका साथ समूह चरणमा अपराजित रह्यो ।

मोरक्कोका लागि हाकिम जिएच र यसुफ एन नेसरीले १-१ गोल गरे । क्यानडाले आत्मघाती गोल पाएको थियो ।मोरक्कोले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । क्यानडाका गोलरक्षक मिलान बोर्जानले पेनाल्टी क्षेत्र बाहिर आएर क्लियर गरेको बल हाकिम जिएचले पाएपछि कुनै गल्ती गरेनन् ।

जिएचले झन्डै २५ यार्ड टाढाबाट सिधै गोल गरेका थिए ।२३ अ‍ौं मिनेटमा मोरक्कोले अग्रता दोब्बर पार्यो । अक्रफ हाकिमीको लामो पासलाई युसुफ एन नेसरीले फिनिस गरे । पहिलो टचमा दुई डिफेन्डरको चुनौती चिर्दै पेनाल्टी क्षेत्र भित्र पसेका उनले दोस्रो टचमा सुन्दर गोल गरे ।

४० अ‍ौं मिनेटमा नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि क्यानडा खेलमा फर्कियो । साम अडेकुग्बेको क्रस अगुएर्डलाई लाग्दै गोल भएको थियो ।मोरक्को ७ अंकका साथ शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियम र क्रोएसियाबिच खेल गोलरहित बराबरीमा सकिँदा बेल्जियम बाहिरियो । क्रोएसिया ५ अंकका साथ उपविजेता बन्यो ।

बेल्जियम ४ अंकका साथ तेस्रो र अंकविहिन क्यानडा पुछारमा रह्यो ।त्यस्तै क्रोएसिया फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो ।दोस्रो हाफमा बेल्जियमले गोल गर्ने अवसर पटक पटक खेर फालेपछि टोली अघि बढ्न सकेन ।

यस नतिजाले मोरक्को आफ्नो खेलमा जित हासिल गर्दै अघि बढेको छ । मोरक्कोले क्यानडालाई २-१ ले हरायो ।१३ अ‍ौं मिनेटमा केभिन डे ब्रुएनको पासमा ड्रिज मर्टेन्सको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । लगत्तै अर्कोतर्फ पेनाल्टी क्षेत्रभित्र यानिक करास्कोले फल गर्दा रेफ्रीले क्रोएसियालाई पेनाल्टी दिए ।

तर भिडियो एसिसेन्ट रेफ्रीले उक्त मुभका क्रममा अफसाइड भएकाले उक्त गोलले मान्यता पाएन ।दोस्रो हाफमा बेल्जियमले रोमेलु लुकाकुलाई मैदानमा उतार्यो । ६२ अ‍ौं मिनेटमा लुकाकुले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार पोस्टमा लागेको थियो ।

उनले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार पोस्टको भित्री भागमा लाग्दै थ्रो इनका लागि बाहिरियो ।लगत्तै लुकाकुले अर्को अवसरको पनि सदुपयोग गर्न सकेनन् । यसपटक डे ब्रुएनको क्रसमा गोलरक्षक बिट भएपनि उनले हेडरलाई पोस्टको दिशा दिन सकेनन् ।

८५ अ‍ौं मिनेटमा थोमस मुनिएरकै पासमा लुकाकुको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।९० अ‍ौं मिनेटमा लुकाकु गोललाइन नजिकबाट गोल गर्न चुक्दा बेल्जियम नकआउट चरणमा पुग्न बन्चित भयो ।यस समूहमा मोरक्को ७ अंकका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्यो ।

क्रोएसिया ५ अंकका साथ दोस्रो भयो । ४ अंक जोडेको बेल्जियम समूहबाट बाहिरिँदा क्यानडाले अंक जोड्न सकेन ।अन्तिम १६ प्रवेशका लागि आजको निर्णायक खेलमा बेल्जियमलाई स्पष्ट जित नै आवश्यक थियो । तर, उसले क्रोएसियाविरुद्ध १ गोल पनि गर्न नसक्दा अघिल्लो चरणको बाटो स्वतः बन्द भयो । यसअघिको खेलमा मोरक्कोसँग भोगेको २–० को अप्रत्यासित हार बेल्जियमलाई ज्यादै महँगो पर्न गयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *