रेशम चौधरीलाई भेट्न जेलमै पुगे प्रचण्ड, माधव र बाबुराम, यस्तो माग राखे पछी ट्वा !

ByRocket Reporter

१५ मंसिर २०७९, बिहीबार १४:०४ १५ मंसिर २०७९, बिहीबार १४:०४ १५ मंसिर २०७९, बिहीबार १४:०४

सरकार गठनका लागि सत्ता गठवन्धन दलभित्र सिट नपुग्ने भएपछि सरकार गठनका लागि सत्ता गठबन्धनका नेताहरू अन्य दलहरुसंग सहयोग माग्न थालेका छन् ।सत्ता गठवन्धनका केहि नेताहरु सरकार गठनका लागि सहयोग माग्दै रेशम चौधरीलाई भेट्न जेलमै धाइरहेका छन् ।

तर बेला नागरिक उन्मुक्ति पार्टीले चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाएको छ ।चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता नलिए प्रदेश र प्रतिनिधिसभा दुवैतर्फका सांसदहरूले शपथ नलिने चेतावनी दिएको छ । स्रोतका अनुसार चौधरीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र कांग्रेसका शीर्ष नेताहरूले भेटेर सरकार बनाउन सहयोग मागेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेर मुद्दा फिर्ता लिने भन्दै सरकारमा सहभागी हुन उनीहरुले रेशमलाई आग्रह गरेको बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट रन्जिता श्रेष्ठ, कैलाली २ बाट अरुणकुमार चौधरी र कैलाली ३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया २ बाट रेशमका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।

यसैगरी प्रदेशसभामा कैलालीबाट ५ जना र बर्दियामा २ गरेर कुल ७ जनाले चुनाव जितेका छन् । सत्ता गठबन्धनलाई सरकार बनाउन बहुमत नपुगेपछि नेताहरूले रेशमलाई जेलमै भेटेर सहयोगका लागि आग्रह गर्न थालेका हुन् ।उता प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आज बिहीवार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उहाँहरूबीच आउँदा दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तराई–मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारूढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ ।

यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. राउतबीच भेटवार्ता भएको थियो । प्रतिनिधि सभा सदस्यमा डा. राउतले सप्तरी क्षेत्र नं २ बाट ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यस्तै समानुपातिकतर्फ याे पार्टीले अहिलेसम्म तीन लाख ९४ हजार दुई सय ७६ मत प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *