रेखा थापाका श्रीमानले बोलेका शब्दले रसाए रेखाका आखाँ

ByRocket Reporter

१५ मंसिर २०७९, बिहीबार ११:४३ १५ मंसिर २०७९, बिहीबार ११:४३ १५ मंसिर २०७९, बिहीबार ११:४३

अभिनेता सलोन बस्नेतको रिसेप्सन पार्टी ‘गसिप थलो’ समेत बन्यो । सोल्टीमोडस्थित हायात प्लेसमा बुधबार बेलुका आयोजित पार्टीमा सेलिब्रिटीको उपस्थिति रह्यो ।रेखा थापा पहिलोपटक सार्वजनिक कार्यक्रम र मिडियामा पति बलराम शाहीसँगै देखिइन् ।

सलोन दम्पतीलाई वैवाहिक जीवनको बधाई दिन रेखा र बलराम त्यहाँ पुगेका थिए ।निस्कँदै गर्दा उनीहरु मिडियासामु पहिलोपटक खुले । क्याजुअल गफगाफदेखि बेबी प्लानसम्मका कुरा त्यहाँ चले । बलराम मिडियामा खुल्न केही हच्किए पनि उनी रेखाको प्रशंसा गर्न चुकेनन् ।

रेखालाई कसरी बुझ्नुहुन्छ भन्ने जिज्ञासामा बलरामको जवाफ थियो, ‘फिल्मी, पर्फेक्ट वाइफ र देवी ।’ यसरी व्याख्या गर्दा रेखा खुसी देखिइन् । ‘विवाह स्वर्गमा बनेको हुन्छ भन्छन् । मेरो कल्पनामा यस्तै कपाल र रङ भएकी पत्नी थियो, त्यही पाएँ,’ उनले भने ।

बेबी प्लानबारे सोधिएको प्रश्नमा बलरामले आफूलाई बुवा बन्ने इच्छा भएको समेत बताए । रेखाले पनि वैवाहिक जीवन, फिल्म र राजनीतिबारे कुरा गरिन् । ‘उहाँलाई सुरुमै भेटेको भए हिरो बनाउँथे होला । मैले कल्पना गरेजस्तो हुनुहुन्छ । आध्यात्मिक, महिला र कामलाई सम्मान गर्ने मान्छे ।

देश र विश्वलाई बुझ्ने मान्छे मैले पाएँ,’ रेखाले भनिन् ।विवाहपछि आफ्नो स्वभावमा केही परिवर्तन आएको रेखाले बताइन् । ‘अहिले रिस धेरै कन्ट्रोल भएको छ । धेरै कुरा सिक्ने अवसर पाएँ,’ उनले भनिन्, ‘एउटा मान्छेको मायाले फरक पार्दछ जिन्दगीमा ।’

राजनीति र फिल्मलाई सँगै अघि बढाउने योजना रहेको रेखाले बताइन् । ‘पहिलो प्राथमिकता राजनीति र समाजसेवा नै हो,’ उनले भनिन् । रेखा र बलरामले गत वर्ष अदालती विवाह गरेका थिए । उनीहरुको विवाहको खबर गत फागुन २ गते सार्वजनिक भएको थियो ।

यो पनि – लोकप्रिय गायक सुनिल गिरी वैवाहिक जीवनमा बाँधिएका छन्। हाल जर्मनीमा बस्दै आएकी अन्जु आचार्यसँग सुनिलले लगन गाँठो कसेका हुन् ।विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका सुनिल र अन्जुले अन्ततः जर्मनीमै विवाह गरेका हुन् ।

सुनिलले बिहीबार एउटा प्रेमिल गीत सार्वजनिक गर्दै आफुले विवाह गरेको जानकारी गराएका हुन् ।सार्वजनिक गरेको ‘भाग्यमानी’ बोलको गीत सुनिलले आफ्नी धर्म पत्नीलाई समर्पण गर्दै आफू वैवाहिक जीवनमा बाँधिएको आधिकारिक जानकारी दिएका हुन् ।

सुनिल प्रेमिका र मेलोडियस गीत सृजना गर्न र गाउन खप्पिस गायकको रुपमा चिनिन्छन् ।विवाहको खबर बाहिरिएसँगै लाखौं शुभचिन्तकले उनलाई बधाई दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *