सीके राउत नेतृत्वको जनमत पार्टी सत्ता गठबन्धनमा आबद्ध दलसँग मिलेर सरकारमा सहभागी हुने भएको छ।
बिहीबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादु्र देउवासँगको भेटमा उक्त सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले बताएका छन्।
निधिले ट्विट गर्दै लेखेका छन्, ‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कँदै छु। दुवै जनामा सकरात्मक र परिणाममूलक वार्ता भएको छ। गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।’
(Source: Pardafas)