अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी – Pardafas.com

ByRocket Reporter

१५ मंसिर २०७९, बिहीबार ०८:४१ १५ मंसिर २०७९, बिहीबार ०८:४१ १५ मंसिर २०७९, बिहीबार ०८:४१

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए।

बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनु नपर्ने बताए । ‘समस्या समाधानका लागि हामी खुला छौं,’ उनले भने, ‘केही समस्या छन् भने समाधानका लागि हामी खुला छौं।’

गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधानान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताए।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *