प्रधानमन्त्रीमा देशले ‘टेष्ट’ गर्न बाँकी म मात्रै हुँ : रामचन्द्र पौडेल – Pardafas

ByRocket Reporter

१५ मंसिर २०७९, बिहीबार ०७:०९ १५ मंसिर २०७९, बिहीबार ०७:०९ १५ मंसिर २०७९, बिहीबार ०७:०९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन्।

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताएका हुन्।

‘गठबन्धनको बहुमत पुगेको छ। गठबन्धनको सरकार बन्छ। दलहरूबीच सल्लाह हुँदैछ,’ उनले भने, ‘म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हो। अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो।’

पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए। पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ।

‘सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरू साथीहरू पनि खुला हुनुहुन्छ। तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो,’ उनले भने, ‘पार्टी सभापतिले मेरो प्रस्तावलाई सहज रूपमा नै लिनुभएको छ। सल्लाह गरौंला भन्नुभएको छ। सल्लाह हुन्छ।’

टिकट वितरण गर्दा गठबन्धन दलहरुबीच तालमेल नमिलेका कारण निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नु परेको उनले बताए। युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलले बताए।

फरक शक्तिको आगमनलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ। उनले भने, ‘नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले लिएको छु।’


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *