सुनसरी क्षेत्र नम्बर ४ बाट कडा प्रतिस्पर्धाका बीच सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।
उनीसँग एमालेका जगदीशप्रसाद कुसियैत झिनो मतले पराजित भएका छन् । कार्कीले ३० हजार ४ सय ८३ मत पाउँदा कुसियैतले ३० हजार ३ सय ७१ मत पाए ।
१ सय १२ मतान्तरले कार्की विजयी भए । सुनसरी ४ बाट कार्कीको याे दोस्रो जित हो । २०७४ को निर्वाचनमा कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।
(Source: Pardafas)