अर्जेन्टिनाले गर्यो १ गोल – Saja Khabar

ByRocket Reporter

१४ मंसिर २०७९, बुधबार २०:०७ १४ मंसिर २०७९, बुधबार २०:०७ १४ मंसिर २०७९, बुधबार २०:०७

काठमाडौ- फिफा विश्वकप फुटबलमा समूह ‘सी’बाट दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र पोल्यान्डको खेलको दोश्रो हाफको शुरुमै अर्जेन्टिनाले १ गोल गरेको छ ।एलिक्स म्याक एलिस्टरले अर्जेन्टिनालाई पहिलाे गाेलकाे अग्रता दिलाएका छन्।

पहिलाे हाफमा लिओनल मेसी पेनाल्टीबाट गाेल गर्न असफल भएकाे अवस्थामा दाेस्राे हाफकाे खेल सुरु भएकाे एक मिनेटभित्रै एलिस्टरले गाेल गरे। उनलाई माेलिनाले गाेलकाे माैका मिलाएका थिए। खेल स्टाडियम ९७४ मा नेपाली समय अनुसार मध्य राति १२ः४५ बजेदेखि शुरु भएको हो ।

पहिलो हाफमा अर्जेन्टिनाले बल पोसेसन र आक्रमणमा दबाब कायम गरेपनि अग्रता भने लिन सकेको थिएन्। पोल्यान्डका गोलरक्षक वोजसिएक सेचेज्नीले एक पेनाल्टीसहित अर्जेन्टिनाको लगातार आ क्रमण विफल पार्दै खेल गोलरहित राखेका छन् । पोल्यान्ड लाई बराबरीले पनि नकआउट चरण पुग्न पर्याप्त रहने कारण टोली रक्षात्मक खेलमा बढी ध्यान दिइरहेको छ ।

सातौं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्रबाहिर पोल्यान्डका तीन डिफेन्डर बिट गरेपनि अन्तिम प्रहार फितलो हुन पुग्यो । दशौं मिनेटमा मेस्सीले कठिन एंगलबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक वोजसिएक सेचेज्नीले बचाए । त्यसपछि अर्जेन्टिनाले लगातार आ क्रमण बुनेपनि पोलिस डिफेन्स सजग रहीरह्यो ।

२९ औं मिनेटमा मार्कस अकुनाको प्रहारले पोस्टको दिशा लिन सकेन । ३४ औं मिनेटमा एन्जल डी मारियाको कर्नर प्रहारलाई उनकै क्लब युभेन्टसबाट खेल्दै आएका गोलरक्षक सेचेज्नीले नै बल्लतल्ल बचाए ।३५ औं मिनेटमा सेचेज्नी अर्जेन्टिनाको अग्रतासामु पुन: बा धक बने ।

जुलियन अल्भारेजसँग वन भर्सेस वनको अवस्थामा उनले राम्रो बचाउ गरे । लगत्तै अल्भारेजले दिएको क्रस बचाउने प्रयासमा सेचेज्नीको हातले मेस्सीको अनुहारमा लागेको थियो । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयता लिँदै अर्जेन्टिनालाई पेनाल्टी दिए ।तर मेस्सीले उक्त पेनाल्टीमा गोल गर्न सकेनन् ।

सेचेज्नीले आफ्नो बायाँतर्फ डाइभ दिँदै मेस्सीको पेनाल्टी प्रहार विफल पारे । जारी विश्वकपमा उनको यो दोस्रो पेनाल्टी बचाउ हो । यसअघि उनले साउदी अरेबियाका अल दसारीको पेनाल्टी पनि बचाएका थिए । ४३ औं मिनेटमा अल्भारेजको प्रहारमा पुन: सेचेज्नी बाधक बने ।

यसअघि मेक्सिकोविरुद्ध निकै फितलो र सुस्त खेल खेलेको अर्जेन्टिनाले आज जित्नैपर्ने दबाब रहेको खेलमा पहिलो मिनेटबाटै आक्रामक खेल खेलिरहेको छ । उसले बलमा ज्यादा नियन्त्रण राख्दै अवसर समेत पटक–पटक बनाइरहेको छ । खेलको सातौं मिनेटमा

लियोनल मेस्सीको कडा सट पोलिस गोलकिपरले बचाए भने २८औं मिनेटमा मार्कुस अकुनाको शक्तिशाली सट थोरी बाहिरबाट गएको थियो । ३३औं मिनेटमा डि मारियाले हानेको कर्नर किकमा पनि अर्जेन्टिना गोलको नजिक भए पनि गोलकिपरले मुस्किलले बचाएका थिए ।

यस खेल बराबरीमा सकिएको अवस्थामा पोल्यान्ड अघिल्लो चरणमा पुग्नेछ । अर्जेन्टिनाका लागि भने अर्को खेलको नतिजाले अन्तिम १६ नतिजा भर पर्नेछ । दुवै खेल बराबर भए पोल्यान्ड र अर्जेन्टिना अघि बढ्नेछन् ।आफ्नो जितले भने अर्जेन्टिना नकआउट चरणमा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *