जेलमा क्रिकेट खेल्दै गरेका सन्दीपलाई आईसीसीले दियो खुसीको खबर !

ByRocket Reporter

१४ मंसिर २०७९, बुधबार १८:२६ १४ मंसिर २०७९, बुधबार १८:२६ १४ मंसिर २०७९, बुधबार १८:२६

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामीको एकदिवसीय बलिङ वरीयतामा सुधार भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा सोमपाल दुई स्थान माथि उक्लिएका छन् ।

नयाँ वरीयतामा सोमपाल ९३ औं स्थानमा छन् ।बलिङतर्फ नै सन्दीप लामिछानेले एक स्थान सुधार गरेर ३७ औं स्थानमा रहेका छन् ।ब्याटिङतर्फ आसिफ शेख र कप्तान रोहित कुमार पौडेलको वरीयता यथावत रहेको छ ।नयाँ वरीयतामा शेख ९१ औं र पौडेल ९२ औं स्थानमा रहेका छन् ।

ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।बलिङतर्फ भने न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट पहिलो स्थानमा रहेका छन् ।यता स्पिनर नरेन साउदको पाँच विकेट र दीपक बोहराको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौं जित हात पारेको छ ।

सुदूरले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनल नजिक पुगेको छ ।जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा दीपक बोहराले ५८ बलमा ६ चौका २ छक्कासहित सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले ।

अर्का ओपनर दीपक बोहरा २४ बलमा ६ चौकासहित २४ रनमा आउट भए ।गजेन्द्र बोहरा १० बलमा २ चौका र २ छक्कासहित २४ रन र अनुराग सिंह २ रनमा अविजित छन् । विकेटकिपर सुनिल चन्द १७ बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए । मधेशका अभिषेक तिवारीले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेश ३८.१ ओभरमा १ सय २२ रनमा अल आउट भयो । मधेशका अनिल अन्सारीले ५६ बलमा ५ चौकासहित सर्वाधिक ३२ रनमा आउट भए ।तीव्र गतिका बलर हेमन्त धामीले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै पुनः शीर्षक्रम धरासय बनाए ।

हेमन्तले ओपनर शैलेन्द्र शाह शून्य र तेस्रो नम्बरका ब्याटर डब्लू मलिकलाई ११ रनमा बोल्ड गरेका थिए । हेमन्तले नै ओपनर मयन यादवले २३ लाई रनमा क्याच गराए ।त्यसपछि मधेशको ब्याटिङ टियु एण्डबाट आएका नरेन साउद र चोभार एन्डबाट आएका युवराज खत्रीले धरासयी बनाए ।

चौथो नम्बरका ब्याटर इमरान शेख ३८ बलमा ५ चौकासहित २८ रनमा नरेनको बलमा बोल्ड भए ।त्यसपछि अन्य कुनैपनि ब्याटरले सम्झन लायक रन बनाउन सकेनन् । कप्तान अभिषेक तिवारी शून्य, राजेश यादव ६, नितेश यादव ४ र अब्जित मण्डल ६ रनमा आउट भए ।

सुदूरका नरेन साउदले ९।१ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ५ विकेट लिए । पहिलो खेल खेलेका युवराज खत्रीले ९ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले ६ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए ।सुदूरले अन्तिम खेलमा शुक्रबार बागमतीसँग खेल्नेछ ।

उक्त खेलमा पराजित हुँदा पनि फाइनलमा पुग्न सक्छ । लुम्बिनी र बागमतीबीचको खेल मुलपानीमा छ । उक्त खेलमा बागमती विजयी हुँदा सुदूरपनि एक खेल अगावै फाइनलमा पुग्नेछ । बागमती पराजित हुँदा अन्तिम खेल र अन्य टोलीको नतिजा पर्खुनुपर्छ ।

सुदूर ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । बागमती ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । लुम्बिनी ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । अन्य चार प्रदेश भने बाहिरि सकेका छन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *