कतार विश्वकपमा आज हेर्न रोचक यी खेल , यस्तो छ समय तालिका-

ByRocket Reporter

१४ मंसिर २०७९, बुधबार ०८:५३ १४ मंसिर २०७९, बुधबार ०८:५३ १४ मंसिर २०७९, बुधबार ०८:५३

एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बुधबार समूह ‘सी’ र समूह ‘डी’ का समान दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजेपछि हुनेछ ।

ट्युनिसिया र फ्रान्सबीचकाे खेल एजुकेशन सिटी रंगशालामा हुनेछ । साविककाे विजेता फ्रान्स एक खेल बाँकी छँदै नकआउट चरणमा पुगिसकेकाे छ । फ्रान्सलाई पराजित भएपनि कुनै असर हुनेछैन । तर टाेली जित निकालेर समूह विजेता बन्दै अघिल्लाे चरणमा पुग्ने दाउमा हुनेछ ।

ट्युनिसियालाई अघिल्लाे चरण पुग्न फ्रान्सलाई हराउनुकाे साथै अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्कबीचकाे खेलकाे नतिजा आँफु अनुकुल आउनुपर्नेछ ।अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुँदा अष्ट्रेलियालाई बराबरीकाे नतिजा पर्याप्त रहँदा डेनमार्कलाई जित बाहेक विकल्प छैन ।

याे समूहमा फ्रान्सकाे ६ अंक छ । अष्ट्रेलियाकाे ३ तथा डेनमार्क र ट्युनिसियाकाे समान १ अंक छ ।यस्तै समूह सी मा आज अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिकोबीच खेल हुदैछ । दुबै खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछ ।पोल्याण्ड ४ अंकसहित तालिकाको शीर्षस्थानमा छ ।

अर्जेन्टिना र साउदी अरेबियाकाे समान ३ अंक छ। मेक्सिकाेकाे १ अंक ५ ।पोल्याण्डविरुद्ध उत्रँदा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ। यो खेल जिते अर्जेन्टिनाको समूह विजेता बन्ने सम्भावना छ । बराबरीले अघिल्लाे चरण पुग्ने झिनाे सम्भावना रहँदा हारले अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ ।

पोल्याण्डलाई भने बराबरीकाे नतिजा नै अघिल्लो चरण पुग्न पर्याप्त हुनेछ। बराबरी खेलेकाे अवस्थामा अर्काे खेलमा साउदी विजयी भए पोल्याण्ड उपविजेता बन्नेछ । हारले पनि झिनाे आशा रहँदा मेक्सिकाेले साउदीलाई कम अन्तरमा तथा आँफु पनि कम अन्तरमा हारेकाे हुनुपर्नेछ ।

अर्काे खेलमा साउदीले मेक्सिकाेलाई हराए अघिल्लाे चरणकाे यात्रा तय गर्नेछ । हार या बराबरीले टाेलीकाे अघिल्लाे चरणकाे यात्रा झिनाे बन्नेछ । मेक्सिकाेलाई पनि अघिल्लाे चरण पुग्न जित बाहेककाे विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *