‘रिफ्रेस’ हुन सुकुटे पुगे प्रचण्ड

ByRocket Reporter

१४ मंसिर २०७९, बुधबार ११:५८ १४ मंसिर २०७९, बुधबार ११:५८ १४ मंसिर २०७९, बुधबार ११:५८

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित सिन्धुपाल्चोकको सुकुटेमा पुगेक छन् ।परिवारका सदस्यसहित माओवादीका नेता लिएर प्रचण्ड सुकुटे पुगेका हुन् । राजनीतिक तनावपछि रिफ्रेस हुन सु्कुटे पुग्ने गरेका प्रचण्ड अहिले निर्वाचनलगत्तै सुकुटे पुगेका हुन् ।

प्रचण्डसहितको टोलीले भोटेकोसीमा र्‍याफ्टिङ गरेका छन् । प्रचण्ड बुधबारको बास सुकुटेमै बिताउने भएका छन् । छोरीद्वय रेणु र गंगासहित परिवारिक सदस्य, अग्निप्रसाद सापकोटासहित माओवादी नेताहरु प्रचण्डसँगै रहेका छन् ।साथै हालै सम्पन्न निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका माधव सापकोटा, प्रदेशसभामा निर्वाचित सरल सहयात्री पनि प्रचण्डको टोलीमा देखिएका छन् ।

यो पनि – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय ६१ स्थानको नतिजा आइसकेको छ ।

प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित हासिल गरी एक स्थानमा अग्रता कायम गरेको छ । यस्तै नेकपा (एमाले)ले ४४, नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजावदी)ले १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात÷सात स्थानमा जित हासिल गरेका छन् ।

निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चार, नगारिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक÷एक स्थान तथा स्वतन्त्र पाँच जनाले प्रत्यक्षतर्फ जित हासिल गरेका छन् ।यसैगरी प्रतिनिधिसभाको समानुपातिकतर्फ बुधबार दिउँसोसम्म एक करोड ४२ हजार पाँच सय १४ सदर मतमध्ये एमालेले २७ लाख नौ सय चार,

कांग्रेसले २५ लाख ५९ हजार ४२, माओवादी केन्द्रले ११ लाख ४५ हजार तीन सय ९१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार छ सय ४७, राप्रपाले पाँच लाख ७१ हजार एक सय ६९, जसपाले तीन लाख ९६ हजार आठ सय ३९, जनमत पार्टीले तीन लाख ६० हजार छ सय ६९ र एकीकृत समाजवादीले दुई लाख ८२ हजार आठ सय ८९ मत प्राप्त गरेका छन् ।

सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा एक सय ६५ सांसद प्रत्यक्ष र एक सय १० सांसद् समानुपातिक प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय हुनेछ भने सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा ५९ सदस्यीय हुने संविधानमा उल्लेख छ ।

निर्वाचन आयोगले यसअघि यही मङ्सिर २२ गतेसम्म निर्वाचनको अन्तिम मतपरिणाम आइसक्ने र त्यसको सम्पूर्ण विवरण राष्ट्रपतिलाई बुझाउने समय निर्धारण गरेको थियो । बाजुरा, स्याङ्जा र दोलखामा निर्वाचन एवं मतगणनामा भएको ढिलाइले अन्तिम मतपरिणाम निर्धारित समयमै आउनेमा आशङ्का छ ।

निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा दलहरुले नयाँ सरकार गठनका लागि प्रयास थालेका छन् भने सङ्घीय संसद् सचिवालयले पनि नयाँ संसद् सञ्चालनका लागि आवश्यक तयारी थालेको छ । यसैबीच, प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा,

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेट गरी पाँचदलीय सत्ता गठबन्धनकै नयाँ सरकार बनाउने सम्बन्धमा आपसी छलफल सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *