विश्वकप फुटबलमा भोलि यसरी नयाँ इतिहास लेखिदैछ

ByRocket Reporter

१४ मंसिर २०७९, बुधबार ११:४२ १४ मंसिर २०७९, बुधबार ११:४२ १४ मंसिर २०७९, बुधबार ११:४२

 

काठमाडौं । विश्वकप फुटबलको इतिहासमा बिहीबार एउटा नयाँ इतिहास लेखिने भएको छ । भोलि अर्थात डिसेम्बर १ सन् २०२२ मा कोस्टारिका र जर्मन कतारको दोहास्थित अल बायात रंगशालामा आमने सामने हुदैछन् । र सो खेल फ्रान्सेली रेफ्रि स्टेफेनी फ्रापार्टले खेलाउने फिफाले जानकारी दिएकाे छ ।

जुन कुरा विश्वकप फुटबलको इतिहासमा पुरुष फुटबलको रेफ्रि महिला बनेको पहिलो खेल हुनेछ । विश्वकपमा पहिलो भएपनि फ्रापार्टले आफ्नो नाममा इतिहास लेखाएको यो पहिलो घटना भने होईन् । यसअघि उनले लिग वान र च्याम्पियन्स लिग पुरुष फुटबलको पनि रेफ्रि बनेर इतिहास लेखाईसकेकी छन् ।

यो अवसरमा उनले भनेकी छन्, ‘पुरुष विश्व कप फुटबल भनेको विश्वकै महत्वपूर्ण खेलकुद प्रतियोगिता हो । यसको पहिलो महिला फ्रान्सेली र युरोपेली रेफ्रिको रुपमा म खेल खेलाउँदैछु । यसलाई कसरी अघि बढाउनु पर्छ त्यो मलाई थाहा छ ।’ फ्रापार्ट लाई साथ दिने अन्य दुई सहयोगी रेफ्री पनि महिला नै हुने फिफाले उल्लेख गरेको छ ।

३८ वर्षीय फ्रापपार्ट मूख्य रेफ्रीको भूमिकामा हुनेछिन् भने सहायक रेफ्रीमा नेउजा ब्याक र कारेन डियाज हुनेछन्। फिफा रेफ्री समितिका अध्यक्ष पियर्लुइगी कोलिनाले विश्वकपमा तीन महिला रेफ्रीहरूको बारेमा भनेका थिए,‘उनीहरू महिला भएकाले छनोट भएका होइनन्, उनीहरु फिफा रेफ्रीको रूपमा छानिएका हुन्। उनीहरू कुनै पनि खेललाई खेलाउन क्षमता राख्छन्।

यो पनि -काठमाडौं । फिफा विश्वकप, विश्वको सबैभन्दा प्रतिष्ठित खेलकुद महोत्सव हो । जहाँ अनौठा घटना र कीर्तिमानहरु भइरहन्छन् । हाल विश्वकपको २२ औं संस्करण चल्दैछ । २०१८ को विश्वकपसम्म भएका अनौठा यी कीर्तिमान हामीले उल्लेख गरेका छौं । जुन तोडिन असम्भवजस्तै छ ।

१. विश्वकपको एक संस्करणमा सबैभन्दा बढी गोल गर्ने खेलाडी- फ्रान्सका पूर्व खेलाडी जस्ट फोन्टाइनले एकै संस्करणमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको रेकर्ड आफ्नो नाममा राखेका छन् । उनले १९५८ मा स्विडेनमा आयोजना भएको विश्वकपको छैटौं संस्करणमा एक्लैले १३ गोल गर्दै फोन्टाइनले कीर्तिमान राखेका हुन् ।

२. विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी- वास्तवमा पेलेको नाममा धेरै कीर्तिमान छन् । उनी विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी ((१७ वर्ष २३९ दिन), विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छा खेलाडी (१७ वर्ष २४४ दिन) र विश्वकपमा सबैभन्दा धेरै असिस्ट (१०)गर्ने खेलाडी हुन् ।

उनी विश्वकप फाइनलमा तीन गोल गर्ने चारमध्ये एक हुन् । उनी आधिकारिक रुपमा तीन फरक विश्वकप जित्ने केवल एकमात्र खेलाडीसमेत हुन् ।न् १९७० मा ब्राजिलले विश्वकप जित्दा पेलेले सम्पूर्ण खेल खेले । ४ गोल गरे र ६ असिस्ट गरे । सन् १९६२ मा ब्राजिलले विश्वकप जित्दा उनले सुरुका दुई खेलमात्र खेलेका थिए ।

त्यसपछि चोटले टिमबाट बाहिरिए ।त्यसको चार वर्षअघि स्वीडेनमा भएको विश्वकपमा एक किशोर खेलाडीका रुपमा क्वाटरफाइनलमा गोल गर्दै पेलेले आफ्नो विरासत स्थापना गरे । फ्रान्सलाई सेमिफाइनलमा हराउने क्रममा ह्याट्रिक गरे र फाइनलमा घरेलु टोलीलाई हराउन दुई गोल गरे ।

३. प्रशिक्षकको रुपमा सबैभन्दा बढी प्रतियोगित – ब्राजिलियन प्रशिक्षक कार्लाेस अलबर्टो परेरा फिफा विश्वकपमा प्रशिक्षकको रुपमा सबैभन्दा बढी ६ पटकसम्म विश्वकपको अनुभव भएका महान व्यक्ति हुन् । उनी १९८२, १९९०, १९९४, १९९८ ,२००६ र २०१० मा ब्राजिल टिमको प्रशिक्षकका रुपमा कार्यरत थिए ।

४. विश्वकपमा सबैभन्दा धेरै कप्तानी गर्ने खेलाडी- मेक्सिकोका डिफेन्डर राफेल मार्क्युज लगातार पाँच विश्वकपमा कप्तान बनेका खेलाडी हुन् । डिफेन्डर राफेल मार्क्युजले २००२, २००६, २०१०, २०१४ र २०१८ मा मेक्सिकन टिमको कप्तानी गरेका थिए ।

५. सबैभन्दा बढी समय खेल्ने खेलाडी– इटलीका डिफेन्डर पाओलो माल्दिनी विश्वकपमा सबैभन्दा बढी मिनेट खेल्ने खेलाडी हुन् । सन् १९९० देखि २००२ सम्मको विश्वकप खेलेका उनी २२१६ मिनेटसम्म विश्वकप खेलका लागि मैदानमा रहे ।

उनले सर्वाधिक मिनेट मैदानमा खेल प्रदर्शन गरेका जर्मनका मिडफिल्डर लोथर म्याथ्युनको कीर्तिमान तोड्दै उनीभन्दा १७१ मिनेट मिनेट बढी समय खेलेका हुन् । हालका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी क्रमशः १ हजार ६४४ र १ हजार ६२५ खेलेका छन् ।

६. विश्वकपका सबैभन्दा पाका खेलाडी- इजिप्टका गोलरक्षक असम एल हेडरी हालसम्म विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी हुन् । उनले २०१८ मा भएको विश्वकपमा इजिप्टबाट खेलेका थिए । जतिबेला उनी ४५ वर्ष १६१ दिनका थिए ।उनले १५९ खेलमा कप्तानको भूमिका समेत निर्वाह गरे ।

७. सबैभन्दा पाका गोलकर्ता- ४२ वर्षीय रोगर मिल्ला विश्वकपमा गोल गर्ने हालसम्मकै सबैभन्दा ,पाका खेलाडी हुन् । क्यामरुनी फर्वाड मिल्लाले ४२ वर्ष ३९ दिनको उमेरमा गोल गरेका थिए । सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा उनले रसियाविरुद्ध गोल गरेका थिए ।

८. एउटा खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी- रसियन फर्वाड ओलेग सालेन्को एक यस्ता खलाडी हुन् जसको नाम एउटै खेलबाट चर्चामा आयो । एउटै खेलबाट उनले फिफा विश्वकपमा गोल्डेन बुट जिते ।उनले १९९४ मा अमेरिकामा भएको विश्वकपमा क्यामरुनविरुद्धको एकै खेलमा गरेको पाँच गोलले उनलाई गोल्डेन बुटको हकदार बनायो ।

९. हारेको खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी– अर्नस्ट विलिमोवस्की एक यस्ता खेलाडी हुन्, जसले हारेको खेलमा चार गोल गर्दै एक इतिहास लेखेका थिए । पोल्यान्डका फर्वाड विलिमोवस्कीले ६८८ खेल खेल्दै १ हजार ७७ गोल गरेका छन् ।

१९३८ को विश्वकपमा नकआउट चरणमा पुगेको पोल्यान्डले अन्तिम १६ को खेल पेनाल्टीमा पुगेर ६–५ को नतिजामा बाहिरिएको थियो ।पोल्यान्डका लागि निर्धारित समयमा २ गोल गरेका विलिमोवस्कीले अतिरिक्त समयमा गरेको ४ गोलले उनीले विश्वकपमा हारेको एकै खेलमा चार गोल गर्नेे खेलाडीको किर्तिमान पाएका छन् ।

१०.एकै खेलमा एउटै खेलमा तीन पहेंलो कार्ड – क्रोएसियाका मुख्य डिफेन्डर जोसिप सिम्युनिख विश्वकपमा सबैभन्दा बढी पहेंलो कार्ड पाउने खेलाडी हुन् । उनले २००६ मा अष्ट्रेलियासँगको खेलमा ३ वटा पहेंलो कार्ड खाएका थिए ।सन् २००६ मा क्रोयसिया र अष्ट्रेलियाबिच भएको २–२ को बराबरीको खेलमा जोसिपले ले ह्यारी केवेललाई उनको अनुहारमा हातले धकेलेको भन्दै पहिलो पहेंलो कार्ड खाएका थिए ।

दोस्रो कार्ड पनि खेलकै दौरान मार्क विडुका र जोशुवा क्यान्डीलाई जर्सी समातेर तानेको गल्तीमा पाएका थिए ।त्यस्तै, मैदानबाट बाहिरिसकेपछि र खेल सकिइसकेको सिटी पनि उनले रेफ्रिको निर्णयमा असहमति जनाएको भन्दै तेस्रो पहेंलो कार्ड पाएका थिए । जसका कारण उनको नाममा एक अनौठो खालको रेकर्ड बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *