ट्युनिसियाविरुद्ध फ्रान्सलाई छैन कुनै चिन्ता !

ByRocket Reporter

१४ मंसिर २०७९, बुधबार ०९:४७ १४ मंसिर २०७९, बुधबार ०९:४७ १४ मंसिर २०७९, बुधबार ०९:४७

 

सन् २००६ पछि यस पटक विश्वकपमा उपाधि रक्षा अभियानमा रहेको टिमले पहिलो पटक समूह चरण पार गरेको छ। यस इटाली, स्पेन र जर्मनी विश्वकप उपाधि रक्षा अभियानमा समूह चरणबाट बिदा भएका थिए। फ्रान्स पनि पहिलो पटक विश्वकप जितेको चार वर्षपछि उपाधि रक्षा अभियानमा समूह चरणबाट बाहिरिएको थियो।

यस पटक भने पछिल्ला नियतिलाई रोक्दै च्याम्पियन फ्रान्स कतार विश्वकपको नकआउट चरणमा पुग्न पहिलो टिम बनेको छ। यो समाचार गोरखापत्रमा प्रकाशित छ। पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ र दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएर फ्रान्सले एक खेलअगाडि नै नकआउट चरण पार ग¥यो।

अब फ्रान्सले समूह चरणको अन्तिम खेलमा बुधबार ट्युनिसियाविरुद्ध खेल्दा कम दबाबमा खेल्नेछ। त्यसैले फ्रान्सका प्रशिक्षक डिडियर डेस्चाँले ट्युनिसियाविरुद्ध खेल्दा आफ्ना स्ट्राइकर किलियन एमबापे, ओलिभर जिरु र एन्टोनी ग्रिजम्यानलाई विश्राम दिन सक्नुहुनेछ।

प्रतियोगितापूर्व पल पोग्बा, एनगोलो कान्टे, करिम बेन्जामा, क्रिस्टोफर एनकुन्कुजस्ता खेलाडी घाइते भएर विश्वकप गुमाउँदा फ्रान्सले राम्रो गर्नेमा शङ्काको नजरले हेरिएको थियो। अझ यूईएफए नेसन्स लिगमा फ्रान्सले छमध्ये एक खेलमा मात्र जित हात पारेको थियो तर फ्रान्सले यी प्रतिकूल अवस्थाका बीच सुरुका दुई खेलमा च्याम्पियनसरह नै खेलेको छ।

उसका प्रमुख स्ट्राइकर किलियन एमबापे शानदार लयमा पनि हुनुहुन्छ।ट्युनिसियाले भने सुरुका दुई खेलबाट मात्र एक अङ्क हासिल गरेको छ। विश्वकपमा अगाडि बढ्नु छ भने ट्युनिसियाले फ्रानसलाई हराएर विश्वकप इतिहासकै स्तब्धकारी नतिजा निकाल्नुपर्नेछ।

ट्युनिसियाका प्रशिक्षक जालेल काड्रीले फ्रान्सविरुद्धको खेलमा आफ्नो टिमले शतप्रतिशत दिएर खेल्ने बताउनुभएको छ। उता दाया खुट्टामा बोकेको चोटका कारण साउदी अरेबियाका कप्तान तथा मिडफिल्डर सलमान अल फराजले फिफा विश्वकप कतार २०२२ का बाँकी खेल गुमाउने भएका छन् ।

समूह ‘सी’ मा रहेको साउदी अरेबियाले पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेपनि दोस्रो खेलमा पोल्यान्डलाई २–० ले नतिजा सुम्पिएको थियो ।अर्जेन्टिनाविरुद्धको त्यही पहिलो र ऐतिहासिक जित निकालेको खेलमा कप्तान फराजले चोट बोकेका थिए ।

चोटकै कारण फराजले पोल्यान्डविरुद्धको खेल समेत गुमाएका थिए ।साउदीका प्रशिक्षक हर्भ रेनार्डले टोलीका कप्तान तथा मिडफिल्डर सलमानलाई उपचारका लागि टोली छाड्न अनुमति दिइसकेका छन् ।प्रारम्भिक स्वास्थ्य परिक्षणमा दायाँ खुट्टाको हड्डीमा चोट लागेको देखिएको छ ।

सन् २०१२ देखि साउदीको टोलीमा रहेका ३३ वर्षीय फराजले ७१ क्याप जित्दा ८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।यस्तै साउदीका डिफेन्डर यासेर अल शहरानी पनि चोटकै कारण बाहिरिएका छन् ।अर्जेन्टिनाविरुद्धको खेलको अन्तिम मिनेटमा उनले गम्भीर चोट बोकेका थिए । उनलाई बुधबारै आकस्मिक शल्यक्रियाका लागि लगिसकेको छ ।

आफ्नै गोलरक्षक मोहम्मद अल ओवेससँग ठोक्किन पुग्दा उनले गम्भीर चोट बोकेका थिए । उनको बंगरा र अनुहारको हड्डी भाँचिएको र दाँतमा चोटसँगै रक्तश्राव भएको बताइएको छ ।दुई खेलबाट ३ अंक जोडेको साउदी अरेबियाको समूह चरण पार गर्ने सम्भावना जीवितै छ । साउदीले आज बुधबार समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग खेल्दैछ ।

यस खेलमा जित निकाल्न सके र अर्काे खेलमा अर्जेन्टिनाले हार बेहोरे साउदी नकआउट चरणमा पुग्नेछ ।तर, यि खेलमा कप्तान फराजसँगै डिफेन्डर यासेर अल शहरानी हुने छैनन् । यि दुई खेलाडीको अभाव टोलीलाई खड्कनेछ । शीर्ष स्थानको पोल्यान्डको ४ तथा दोस्रो स्थानको अर्जेन्टिनाको ३ अंक छ । मेक्सिकोको १ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *