सुकुम्वासी बस्तीमा प्रहरीकाे टाउकाे फु’ टाउने एमाले नेता भएको खुलासा, यसरी भड्काउँदै छन् आन्दाेलन-

ByRocket Reporter

१४ मंसिर २०७९, बुधबार ०८:१९ १४ मंसिर २०७९, बुधबार ०८:१९ १४ मंसिर २०७९, बुधबार ०८:१९

काठमाडौँ- बस्ती खाली गर्न डाेजरसहित साेमबार दिउँसाे थापाथलिस्थित सुकुम्वासी बस्तीमा पुगेकाे काठमाडाैँ महानगर प्रहरीकाे टाेलीमाथि ला’ ठी तथा ढुङ्गा प्र’ हार गर्ने मध्येका मुख्य व्यक्ति एमाले नेता भएकाे खुलेकाे छ।

सुकुम्वासी बस्तीमा पुगेका महानगर प्रहरीमध्ये महिला प्रहरीमाथि लाठी तथा ढुङ्गा प्र’ हार गर्ने व्यक्ति काठमाडाैँ– ३१ काेटेश्वरमा तीनतले रहेका नारायण परियार परिश्रम रहेकाे पाइएकाे छ। उनी सुकुम्वासी आयाेगकाे उपाध्यक्षसमेत रहेकाे पाइएकाे छ। उनले आफू सुकुम्वासी रहेकाे भन्दै बस्ती खाली गर्न पुगेकाे प्रहरीकाे टाेलीमाथि ढुङ्गा/मुढा प्र’ हार गरेर घा’ इते बनाएका थिए।

प्रहरीमाथि आ’ क्र मण गर्ने उनले सुकुम्वासीकाे आ’ न्दाेलनकाे नेतृत्व गरिरहेकाे पाइएकाे छ। आफू सुकुम्वासी रहेकाे बताउने उनी एमालेका विभिन्न सभा तथा कार्यक्रममा सहभागी रहेकाे तस्बिरहरु फेला परेका छन्। भर्खरै सम्पन्न निर्वाचनमा पनि उनी काठमाडाैँका एमाले उम्मेदवारलाई जिताउन चुनावी अभियानमा खटिएका थिए।

उनैले विभिन्न आश्वासन दिएर सुकुम्वासीहरुलाई एमालेलाई भाेट हाल्न लगाएकाे र आ’ न्दाेलन पनि उनैले भड्काएकाे स्राेतले जनाएकाे छ। वास्तविक सुकुम्वासीहरुले न्याय नपाएकाे तर सुकुम्वासी भनेर राज्य स्राेतमाथि हालिमुहाली गर्ने प्रचलन बढेकाे भन्दै आलाेचना भइरहेका बेला उनकाे वास्तविकताले सबैलाई चकित बनाएकाे छ।

मंगलबार काठमाडाैँमा भएकाे एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली उनकाे संरक्षण गर्नेगरी अभिव्यक्ति दिएका थिए। जसकाे काठमाडाैँका मेयर बालेन साहले कडा प्रतिवाद गरेका छन्। त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणले खोला लगायतका जग्गा अ’ ति क्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ।

बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन आह्वान गरेको हो। सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनिएको छ। बीएल नेपाली सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *