सित्तैमा जग्गा पाइन्छ भन्दै माओवादीले ल्याइदिएको थियो थापाथलीका केहि सुकुम्बासीलाई

ByRocket Reporter

१४ मंसिर २०७९, बुधबार ०४:१६ १४ मंसिर २०७९, बुधबार ०४:१६ १४ मंसिर २०७९, बुधबार ०४:१६

७७ वर्षीया सीता लामा पनि बस्तीमा भेट्टिइन्। उनी ९ वर्षको उमेरमा काठमाडौं आएकी थिइन्। पहिले उनी भोटेबहालमा डेरा गरेर बस्थिन्। बागमती नदीबाट बालुवा बोक्ने काम गर्थिन्। २० वर्ष अघिदेखि भने उनले थापाथली चोकमा मकै पोलेर गुजारा गर्न थालिन्।

उनले पाँच मोहरमा मकै किनेर पोलेपछि प्रति घोगा पाँच रुपैयाँले बेचेको उनी सम्झिन्छिन्। उनका एक छोरा र एक छोरी छन्। छोरा छोरीको विवाह भइसकेको छ। छोरा भने कु’ लतमा फसेर छुट्टै बस्ने गरेको उनले बताइन्। बुहारी र नाती भने सँगै बस्छन्।

विवाहित छोरी रोजगारीको लागि साइप्रस गएकी छिन्। कहिलेकाहीँ बुहारी पनि उनलाई सहयोग गर्न मकै पोल्न थापाथली पुग्छिन्। आफ्नो बस्ती भत्काउन लागेकाले उनी निकै चिन्तित थिइन्। ‘हाम्रो छाप्रो नभत्काए हुन्थ्यो नि, हामी गरिब–दुःखी कहाँ जाने? कस्तो दुःख गरेर बनाको छ यो।

यी रोडमा मकै पोलेर यसरी हात पोलेको छ’, हात देखाउँदै उनले भनिन्। १७ वर्षअघि घर जग्गाविहीनलाई ठाउँ दिएपछि थापाथलीको बागमती किनारमा आएर बसेको उनले बताइन्। ‘माओवादीले जग्गा नहुनेलाई यहाँ बस्न ठाउँ दिएको रहेछ। घरबेटीले मलाई सुनाइन्।

अनि म पनि घरबारविहीन थिएँ। आएर बसें,’ उनले भनिन्। अर्की सर्लाहीकी गीता लामा पनि बस्तीमा चिन्तित थिइन्। उनी २०५० सालमा तराईमा बाढी पसेर घरबारविहीन बनेपछि काठमाडौं आएकी हुन्। काठमाडौं आएपछि उनी ठिमीमा बसिन्। त्यहाँ बस्दा उनले गलैँचा बुन्ने काम गर्थिन्।

१७ वर्षअघि काठमाडौंमा घरबारविहीन सकुम्बासीलाई माओवादीले थापाथलीको बागमती किनारमा बस्न पठायो। त्यतिबेला उनी पनि त्यहाँ आएर बस्न थालेको उनले बताइन्। ’पहिला हामीलाई यो ठाउँमा बस्न नदिएको भए हामी यहाँ हुँदैन थियौँ। कहाँ के गथ्र्यौंं होला। पहिले हामीलाई यही ठाउँमा बस्न दिएर अहिले हटाउन खोज्दा नराम्रो लागेको छ’, उनले भनिन्।

यो पनि – थापाथलीस्थित सुकुम्बासी बस्ती मंगलबार पनि उस्तै त’ नावग्रस्त बनेको रह्यो। घरभित्रका सामान बाहिर थुपारेर बसेकका उनीहरुले सोमबारको रात बाहिरै काटे। मंगलबार त्यहाँ पुग्दा कोही सुतिरहेकै थिए। बस्ती वरपर साना केटाकेटीहरु खेलिरहेका थिए।

घर भत्किने पिरलो अभिभावकलाई थियो तर ती बच्चाहरु विद्यालय जान नपर्दा निकै खुसी थिए। उनीहरुमध्ये एकले भने, ‘आज हाम्रो इच्छा दिवस हो, त्यही भएर आज विद्यालय नगएको।’यूएस प्रजा नामका बालकले भने आफूलाई ल्याउने र पुर्याउने मान्छै नहुँदा स्कुल नगएको बताए।

उनीसँग खेलिरहेका कक्षा ४ पढ्ने आयुष मगर पनि बस्तीक तनाबले स्कुल नगइ बसे। विद्यालय जान नपर्दा खुशी भएका उनले त्यहाँ भत्काएर ठूलो घरमा सार्ने सुनेका रहेछन्। भन्दै थिए, ‘ठूलो घरमा गएर बस्न पाइन्छ यो भत्काए त राम्रो हुन्थ्यो। बरु कतिबेला भत्काउँछ होला?’

उनीसँगै खेलिरहेका अर्का अर्का बच्चाले थपे, ‘यसको त बाबाको ठूलो रेस्टुरेन्ट पनि छ। अनि घर पनि छ।’४ कक्षामा अध्ययनरत रञ्जिता लामाले साथीहरु नगएकाले आफू पनि विद्यालय नगएको बताइन्। उनी भने घर भत्काउने कुरामा ड’ र नभएको बताइन्। उनी खुसी थिइन्।

‘हाम्रो अर्को घर छँदैछ नि त्यहाँ जाने हो,’ उनले भनिन्। घर कुन ठाउँमा छ भन्ने चाहिँ आफूलाईं थाहा नभएको बताइन्। त्यस्तै रोसन मगर पनि घर भत्किने डरले विद्यालय नगई बसेका रहेछन्। उनलाई पीर थियो, ‘विद्यालय गएको बेलामा घर खलाँस भा’को रछ र मेरो बाबाममी नै भएनन् भने के गर्ने नि!’

खुला आकाशमुनि रोहन परिवार नामका बालक ओछ्यानमा बसेर एक्लै खेलिरहेका थिए। आफूलाई डर लागेको भएर अन्त नगई ओछ्यानमा खेलेको उनले बताए। ‘ममीहरु बाहिर जु’ लुसमा जानु भा’छ। मलाई त लास्टै डर लागेको छ। त्यही भएर यहीँ खेलेर बसेको’, उनले भने।

उमेरले ९ वर्षका उनी गुहेश्वरी माविमा २ कक्षामा अध्यनरत रहेछन्। आज विद्यालयले नै नआउ भनेपछि उनी घर बसेर खेलिरहेका थिए। गुहेश्वरी माविमै ९ कक्षामा अध्ययनरत दीक्षा वागदास पनि आज विद्यालय नगई बसेकी रहिछन्। कुनबैला घर भत्काउने हो।

घर भत्कियो भने कहाँ गएर बस्ने भन्ने चिन्ता लागेर विद्यालय नगएको उनले बताइन्। ‘यसरी बस्ती भत्काउन आउनेभन्दा हामीलाई कतै व्यवस्थित गरेको भए हुन्थ्यो। हाम्रो आज क्लास छुट्यो। अब कतिदिन छुट्ने हो। पढाइ बिग्रिन्छ यसरी छुटेपछि’, उनले भनिन्।

कक्षा ७ मा अध्ययनरत सोनी लामा भने घरको सामान सबै निकालेर छरपस्ट भएकाले विद्यालय जान नपाएको बताइन्। ‘ड्रेस कहाँ छ, यत्रो सामानमा कहाँ परोपरो भेट्टिएन। अब घर भत्किने डर पनि छ। कुन बेला भत्काउने हो, भत्कायो भने कहाँ गएर बस्ने तनाब छ।

त्यही भएर नगएको’, उनले भनिन्। महोत्तरी गौशालाका रामदिनेश यादव सुकुम्बासी बस्तीमा भेटिए। उमेरले ५४ वर्षका यादव १६ वर्षको उमेरमा काठमाडौं आएका थिए। पहिला टेकुमा डेरा गरेर बस्थे। केही वर्षदेखि उनी सुकुम्बासी बस्तीमा डेरा गरेर बस्छन्।

ज्यामी काम गरेर आर्थिक उपार्जन गर्दै आएका छन्। ‘यहाँ अरु ठाउँमा एउटा कोठाको सात हजार भन्छन्। ज्यामी काम गर्ने मान्छेले तेत्रो भाडा काहाँबाट तिर्न सक्छ? यहाँ सस्तो छ। तीन हजार तिरेर बसेको छु’, उनले भने। केही वर्षअघि उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए।

कतारमा उनले २ वर्ष काम गरे कमाइ राम्रो नभएपछि नेपाल फर्केए। उनी अहिले काठमाडौंमा ज्यामी काम गर्छन्। उनी काम गरेबापत दैनिक १ हजार रुपैयाँ कमाउँछन्। त्यो कमाइ घरमा पठाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *