बलिउड अभिनेत्री नोरा फतेहीले अभिनेता मेसी संग फिल्म खेल्दै

ByRocket Reporter

१४ मंसिर २०७९, बुधबार ०४:३० १४ मंसिर २०७९, बुधबार ०४:३० १४ मंसिर २०७९, बुधबार ०४:३०

नोरा फतेहीले रोयर टाईगर्स अफ सण्डरब्यान्स र क्रेजी कुक्कड फेम्ली जस्ता मल्टिस्टारर फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसपछि उनी पर्दामा नाच्न लागिन् । यसपछि उनले पछाडि फर्केर हेरिनन् र दर्जनौं फिल्ममा आइटम नम्बरमा डान्स गरेको देखिइन् ।

उनी डान्स शोमा पनि जजको भूमिकामा देखिने गरेकि छिन् ।तर अहिले समयले नयाँ मोड लिएको छ र नोरा फिल्ममा मुख्य नायिकाको भूमिकामा देखिन तयार छिन् । नोरा आगामी वर्ष निर्देशक देवाङ भावसारको फिल्ममा मुख्य नायिकाको भूमिकामा देखिनेछिन् ।

फिल्ममा उनको नायक विक्रान्त मेसी हुनेछन् । नायिकाका रुपमा नोराको यो पहिलो चलचित्र हो । फिल्मको नाम ब्ल्याकआउट हो ।फिल्म एक थ्रिलर हो र प्रत्यक्ष ओटीटीमा रिलिज हुनेछ।देवाङ यसअघि विवेक ओबेरोय स्टारर प्रिन्स, क्या सुपरकुल हैं हम र किस जस्ता फिल्ममा सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।

नोरा र विक्रान्त मेसीको साथमा यो उनको डेब्यू फिल्म हुनेछ । विक्रान्तको फिल्म ब्रोकन एन्ड ब्यूटीफुलका निर्माता नीरज कोठारी र सरिता तन्वरले यो फिल्म निर्माण गरेका हुन् ।चलचित्रको छायांकन सकिएको छ । यद्यपि नोरा सामान्यतया फिल्महरूमा आइटम डान्सरको रूपमा देखा परेकी छिन्,

उनले जोन अब्राहमको बाटला हाउस र अजय देवगन स्टारर भुजस् द प्राइड अफ इन्डियामा महत्त्वपूर्ण भूमिका खेलेकि छिन् ।ब्ल्याकआउटमा उनी फिल्ममा मुख्य नायिकाको भूमिकामा देखिने यो पहिलो पटक हो ।फिल्म अर्को वर्ष आउनेछ । २०२३ मा नोरा जोन अब्राहम,

रितेश देशमुख र शहनाज गिल स्टारर फिल्म हन्ड्रेड पर्सेन्टमा पनि अभिनय गर्ने देखिन्छन्। हाल नोरा कतारमा जारी विश्वकप फुटबल फ्यान फेस्टिभलमा आफ्नो नृत्यका कारण चर्चामा छिन् । यही नृत्यका लागि उनी त्यहाँ पुगेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *