अहिले इक्वेडर र सेनेगल अनि नेदरल्यान्ड्स र आयोजक कतार भिडिरहेका छन्

ByRocket Reporter

१३ मंसिर २०७९, मंगलवार १५:२२ १३ मंसिर २०७९, मंगलवार १५:२२ १३ मंसिर २०७९, मंगलवार १५:२२

एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (मंगलबार) समूह चरण ‘ए’ र ‘बी’ का अन्तिम राउन्डमा प्रतिस्पर्धा हुँदा इक्वेडर र सेनेगलबीच प्रतिस्पर्धा भैरहेको छ ।यो खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा राति ८ः४५ बजेपछि शुरु भएको हो ।

यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ । बाँकी तीन टिम नेदरल्यान्ड्स, इक्वेडर र सेनेगलमध्ये दुई टिम नकआउट चरणमा पुग्नेछन् ।नकआउट चरणमा पुग्न यि इक्वेडरलाई बराबरी पर्याप्त रहँदा सेनेगललाई जितको खाँचो छ । सेनेगलका लागि अन्तिम १६ मा पुग्न इक्वेडरलाई हराउनै पर्नेछ ।

त्यसैले सेनेगल आफ्नो सम्पूर्ण शक्ति इक्वेडरविरुद्धको खेलमा पस्कनेछ ।सेनेगलविरुद्ध स्पष्ट नतिजा निकाल्दै इक्वेडर समूहमा अपराजित रहन चहान्छ । टोलीसँग लयमा रहेका अनुभवी तथा भेट्रान फरवार्ड एनर भ्यालेन्सियाको साथ रहेको छ । उनले यस विश्वकपमा दुई खेलमा तीन गोल गरिसकेका छन् ।

यस्तै टोलीसँग हर्नान गालिन्डेज, पिएरो हिनकापी, रोबर्ट अर्बोलेडा, पर्भिस एस्टुपिनान, एन्जेलो प्रेसियाडो, ज्याक्सन पोरोजो, फेलिक्स टोरेस, कार्लोस ग्रुजो, जोस सिफुएन्ट, मोइसेस काइसेडो, एन्जल मेना, जेरेमी सार्मिएन्टो, एर्टन प्रेसियाडो, गोन्जालो प्लाटा, केभिन रोड्रिग्वेज र माइकल एस्ट्राडा रहेका छन् ।यता, सेनेगल पनि इक्वेडरलाई हराउँदै समूह चरण पार गर्ने लक्ष्यमा हुनेछ ।

टोलीसँग एडुआर्ड मेन्डी, बौना सार, सालिउ सीस, कालिडु कौलिबली, पापे अबोउ सिसे, अब्दोउ डियालो, इब्राहिमा एम्बाय, पापे माटर सार, पापे गेये, नाम्प्लेस मेन्डी, इड्रीसा गाना गेये. मुस्तफा नामे, लोउम एनडीआए, जोसेफ लोपी, इस्माइला सार, बाम्बा डीएङ, केइटा बाल्डे, हबिब डियालो, बोउलाए डिया, फामारा डीएधिउ र मामे बाबे थिआम रहेका छन् ।

यि दुई टोली दोस्रोपटक खेल्न लागेको हो । सन् २००२ मा भएको मैत्रीपूर्ण खेलमा सेनेगल १–० ले विजयी भएको थियो । यो समूहमा नेदरल्यान्ड्स र इक्वेडरको समान ४ अंक छ । सेनेगलको ३ तथा कतार अंकविहीन छ ।त्यस्तै आयोजक कतारले बलियो नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।

खेल अल बायातमा नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि शुरु भएको हो । यही समयमा यही समूहको अर्काे खेलमा इक्वेडर सेनेगलबीच प्रतिस्पर्धा भैरहेको छ । नकआउट चरणमा पुग्न यि इक्वेडरलाई बराबरी पर्याप्त रहँदा सेनेगललाई जितको खाँचो छ । नेदरल्यान्ड्स बराबरीमा रोकिदा इक्वेडर र सेनेगलमा जित्ने टोली समूह विजेता बन्नेछ ।

समूह चरणबाट बाहिरिसकेको कतार अर्थहीन खेलमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै आफ्नो अन्तिम खेललाई सुखद् बनाउन चाहन्छ ।कतारसँग युसेफ हसन, पेड्रो मिगुएल, मुसाब खिदिर, तारेक सलमान, बसम अल रावी, बोउलेम खाउखी, अब्देल करिम हसन, होमाम अहमद, जसम गाबेर,

अली असद, असिम मोदीबो, मोहम्मद वाद, सलेम अल हजरी, मुस्तफा तारेक, करिम बौदियाफ, अब्देलाजिज हातिम, स्माइल मोहम्मद, नाइफ अल्धरामी, अहमद अलाउल्डिन, हसन अल हेडोस, खालिद मुनिर, अक्रम अफिफ, अल्मोज अली र मोहम्मद मुन्तारी रहेका छन् ।

नेदरल्यान्ड्सलाई अघिल्लो चरण पुग्न बराबरी नै पर्याप्त रहेपनि टोली जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । नेदरल्यान्ड्सको बराबरी या हारले अर्काे खेलमा स्पष्ट नतिजा निकाल्ने टोली समूह विजेता बन्नेछ । यसै समूहको अर्को खेलमा इक्वेडरले सेनेगललाई हराएमा नेदरल्यान्ड्स जुनसुकै नतिजामा पनि अर्को चरण पुग्नेछ ।

कतारसँग पराजित भएको अवस्थामा अर्काे खेलमा सेनेगलले जितेमा नेदरल्यान्ड्सको बाहिरिने सम्भावना रहन्छ ।यता, नेदरल्यान्ड्सँग एन्द्रिज नोपर्ट, नाथन आके, डेली ब्लिन्ड, भर्र्जिल भान डाइक, डेन्जेल डम्फ्रिज, जेरेमी फ्रिमपोङ, म्याथिस डे लिग्ट, टिरेल मालासिया,

जुरिएन टिम्बर, स्टेफान डे भ्रिज, स्टिभन बर्घिअस, फ्रेन्की डे जोङ, डाभी क्लासेन, तिउन कुप्मेनर्स, मार्टेन डे रुन, जाभी सिमोन्स, केनेथ टेलर, स्टिभन बर्गवाइन, मेफिस डिपाए, कोडी गाक्पो, भिन्सेन्ट जानसन, लुक डे जोङ, नोअ लांग, र वुट वेघस्र्ट रहेका छन् ।

नेदरल्यान्ड्स विश्वकप इतिहासमा अभाग्यशाली टिमको रुपमा रहेको छ । तीनपल्ट फाइनलमा पुगेर पनि च्याम्पियन बन्न सकेको छैन । डच टिम सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् २०१० मा स्पेनसँग फाइनलमा पराजित भएको थियो । सन् २०१४ मा भने नेदरल्यान्ड्स तेस्रो भएको थियो । यि दुई टोली कुनै पनि खेलमा पहिलोपटक आमान–सामाने हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *