प्रदीप खड्काले गगनलाई भावी प्रधानमन्त्री भन्दै भोट मागेपछि….

ByRocket Reporter

१ मंसिर २०७९, बिहीबार ०६:२९ १ मंसिर २०७९, बिहीबार ०६:२९ १ मंसिर २०७९, बिहीबार ०६:२९

यतिबेला कलाकार पनि सबथोक भुलेर चुनावमा होमिएको देखिन्छ । यो मामिलामा प्रदीप खड्का एक कदम अघि देखिएका छन् ।

अर्बपति कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट माग्न नवलपरासी पुगेका ‘प्रेमगीत’ फेम्ड अभिनेता खड्का बुधबार अर्का उम्मेदवार गगन थापालाई भोट माग्दै गर्दा भेटिए ।

गगनको चुनावी घरदैलोमा पुगेर प्रदीपले उनको पक्षमा भोट समेत मागे । प्रदीपले गगनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारे ।

‘दाइमाथि मलाई विश्वास छ । भावी प्रधानमन्त्रीको रुपमा आफूले आफूलाई जसरी दाबेदारी देखाइरहनुभएको छ । म यसमा विश्वस्त छु कि आउनुपर्ने र सम्हाल्नुपर्ने नयाँपुस्ताले नै हो,’ प्रदीपले भने ।

उम्मेदवार थापाले भने, ‘हाम्रो पुस्ताको चर्चित मात्र होइन, सम्भावना भएको नायकले मैदानमै आएर मेरो पक्षमा भोट माग्नुभयो, म यसप्रति आभारी पनि छु ।’

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कलाकार पनि होमिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *