नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन्। विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आज आयोजित कार्यक्रममा उहाँले राज्यले गुरुकूल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए।
भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक तथा राष्ट्रका धरोहर भएको डा कोइरालाको धारणा थियो। उनले भने, “राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्वद्र्धन गर्नु राज्यको दायित्व हो, धर्म र संस्कृतिको संरक्षणबारे म संसद्मा खरो रुपमा उत्रिनेछु ।”
नेता कोरालाले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने विचार राखे। कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्यहरु अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीलगायतको सहभागिता थियोे।
(Source: Pardafas)