उदयपुर क्षेत्र नंं. १ मा परराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका छन्।
गणना सकिनु अगावै गणना हुन बाँकी रहेको भन्दा बढी मतले नेकपा एमालेकी उम्मेदवार मञ्जु चौधरीलाई पछि पारेपाछि खड्काको जित सुनिश्ति भएको हो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार २ हजार मत गन्न बाँकी रहँदा खडका २ हजार १५० मतले अघि छन्।
अहिलेसम्म खड्काले ३० हजार ४६ र चौधरीले २७ हजार ८९६ मत ल्याएका छन्।
(Source: Pardafas)