फिल्म निर्देशक शोभित बस्नेत आफ्ना छोरा अभिनेता सलोन बस्नेतको विवाह धूमधामले गर्ने योजनामा छन् ।
सलोनको विवाहका लागि बस्नेत परिवारले मंसिर १० गतेदेखि १४ गतेसम्मै वैवाहिक कार्यक्रमको तयारी गरेको छ । वैवाहिक कार्यक्रम मंसिर १२ गते हुनेछ ।
उक्त जमघटमा वैवाहिक कार्यक्रमबारे जानकारी गराए । मंसिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहेन्दी उत्सव, १२ गते पातले वनमा वैवाहिक कार्यक्रम र १४ गते काठमाडौंको एक पाँचतारे होटलमा रिसेप्सनको आयोजना गरिनेछ ।
सलोनले प्रेमिका करिश्मा केसीसँग विवाह गर्दैछन् ।
विवाहको तारतम्य मिलाउनेदेखि निम्तो गर्नेसम्मको काममा बस्नेत परिवारलाई भ्याइनभ्याइ छ । सलोनलाई विवाहसँगै फिल्म प्रचारको समेत चटारो छ ।
पत्रकार सम्मेलनमा बोल्दै शोभितले छोरा सलोनले बिहे गरेपनि उनको मार्केट डाउन नहुने कटाक्ष गरे । सलोनले बिहे गर्दा आफूलाई बुढो भएको टेन्सन भन्दै उनले ठट्टा समेत गरे ।
चुनावपछि शोभितले अस्ट्रेलियाली गैरआवासीय नेपालीसँग मिलेर एक लभस्टोरी फिल्म बनाउँदैछन्, जसमा सलोनसहित केही नयाँ कलाकार प्रमुख भूमिकामा हुनेछन् ।
यसैक्रममा सलोनकी दुलहीले सोसल मिडियामा केही तस्बिर साझा गरेकी छन् । ती तस्बि हामीले यहाँ प्रस्तुत गरेका छाैँ।