चन्द्रागिरि रिसोर्टमा सलोन र करिष्माको मेहेन्दी समारोह (तस्बिरहरू)

ByRocket Reporter

१० मंसिर २०७९, शनिबार ११:११ १० मंसिर २०७९, शनिबार ११:११ १० मंसिर २०७९, शनिबार ११:११

नायक सलोन बस्नेत र मोडल करिष्मा केसी विवाह बन्धनमा बाँधिँदै छन्।

सलोन र करिष्माले आफ्नो चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत

सलोन र करिष्माले आफ्नो चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न आँटेका हुन। करिष्मा पेसाले एयर होस्टेस हुन।

करिष्मा र सलोन दुवै पहेँलो र सेतो पहिरनमा सजिएका छन्। समारोहमा थुप्रै कलाकारहरूको उपस्थिति

मंसिर १२ गते सोमवार विवाह हुन लागेको यो जोडीको आज चन्द्रागिरि रिसोर्टमा भव्य रूपमा मेहेन्दी समारोह भइरहेको छ।

करिष्मा र सलोन दुवै पहेँलो र सेतो पहिरनमा सजिएका छन्। समारोहमा थुप्रै कलाकारहरूको उपस्थिति रहेको छ। भुवन केसी र जिया केसी पनि सलोनको मेहेन्दी समारोहमा पुगेका छन्।

यो जोडीको मंसिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहन्दी, मंसिर १२ मा पातले फरेस्टमा विवाह र मंसिर १४ गते काठमाडौंको पाँचतारे होटलमा रिसेप्सन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *