अन्जु पन्तकी छोरी परितोषिकाको सुन्दरता (फोटोफिचर)

ByRocket Reporter

१० मंसिर २०७९, शनिबार ११:४४ १० मंसिर २०७९, शनिबार ११:४४ १० मंसिर २०७९, शनिबार ११:४४

चर्चित गायिका अन्जु पन्तको सुन्दरताको समाचारहरू बारम्बार आउने गरेको छ । नेपाली सङ्गीत क्षेत्रमा हिट गीत दिन सफल उनै पन्तको छोरी भने मिडियामा खासै देखिन्नन् ।

मनोज शिवाकोटिसँग विवाह बन्धनमा बाँधिएकी अन्जुको परितोसिका एक मात्र छोरी हुन् । गायिका अन्जु पन्तकी छोरी परितोशिका पन्त मोडलिङ हुँदै चलचित्र यात्रामा लाग्ने अघि बढ्ने तयारीमा छिन् ।

अन्जु आफै पनि अब छोरीलाई मोडलिङमा ल्याउने बताउँछिन् । परितोशिका आफ्नी आमाको जस्तो स्वर आफ्नो नभएको र आफू त्यो तहमा नपुग्ने भन्दै गायन पेशमा नलाग्ने बताउँछिन् ।

हालै मात्र उनी अभिनित म्यूजिक भिडियो ‘धेरै माया नदेउ’ सार्वजनिक भएको छ । यो गीतबाट मोडलिङ यात्रा थालेकी परितोशिका अन्जु पन्तकी छोरी भनेर मानिसहरुले गर्ने मुल्यांकनका कारण खुशी पनि छिन् र दिक्क पनि ।साना–साना गल्ती गर्दा पनि अन्जु पन्तकी छोरी भएर यस्तो गर्ने भन्दा उनको मन दुख्छ ।

अन्जु भन्दा पनि बोल्ड लुक्स उनमा आइसकेको छ । अन्जुको छोरीलाई नायिका बनाउने योजना छ । यसैले अहिले देखि नै अभिनय, नृत्य सिकाइरहेकी छिन् ।

उमेर सानै भए पनि परितोसिका शारीरिक बनावटमा आमा बराबर छिन् । एक अर्का कपडा समेत साटेर लगाउन थालेका भन्दै केही समय अगाडी समाचारहरू पनि प्रकाशित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *