अनुमति नलिई ड्रोन नउडाउन गृहको चेतावनी

ByRocket Reporter

२५ आश्विन २०७९, मंगलवार १६:४८ २५ आश्विन २०७९, मंगलवार १६:४८ २५ आश्विन २०७९, मंगलवार १६:४८

काठमाडौँ । गृह मन्त्रालयले अनुमति नलिई ड्रोन नउडाउन चेतावनी जारी गरेको छ । पछिल्लो समय व्यक्ति तथा संस्थाले अनुमति नलिई अनधिकृत रूपमा ड्रोन उडाएको भन्दै गृहले यस्तो चेतावनी दिएको हो ।

मन्त्रालयका प्रवक्ता फणीन्द्र पोखरेलका अनुसार २ केजीसम्मका ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय र सो भन्दा माथिको ड्रोन उडाउन गृह मन्त्रालयबाट अनुमति लिनु पर्छ ।

ड्रोनको दर्ता भने नेपाल नागरिक उड्डयन प्राधिकरणमा गर्नुपर्छ । मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि २०७५ ले गरेको प्रावधानविरुद्ध यसरी ड्रोन उडाएमा कारबाही हुने समेत गृहले सूचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *