बाजुराको हिमालीमा गाउँपालिकामा पहिरोले घर भत्काएपछि विचल्ली

ByRocket Reporter

२५ आश्विन २०७९, मंगलवार १६:३५ २५ आश्विन २०७९, मंगलवार १६:३५ २५ आश्विन २०७९, मंगलवार १६:३५

धनगढी।   बाजुराको हिमाली गाउँपालिकामा आएको पहिरोले एक दर्जन बढी घर भत्काएपछि पीडितहरुको विचल्ली भएको छ । गाउँपालिका वडा नम्बर ४ फैति, बोर्ता गाउँमा गएको पहिरोले गर्दा स्थानीयहरु समस्यामा रहेका छन् । यहि असोज १९ गते देखि सुरु भएको अविरल बर्षासंगै आएको बाढीले स्थानीयहरुका घर सहित खाद्यान्न बगाएको हो । स्थानीय कर्णविर भण्डारी, गोरख मल्ल, कर्णप्रसाद पाण्डे, हरीकला सुनार लगायत दर्जन बढी घर भत्किएका छन् ।

Exif_JPEG_420गाउँपालिकाका वडा नम्बर ४ बोर्ताको पुरै गाउँ पहिरोको उच्च जोखिम मा १११ घरपरिवारले घर छोडेर डाँडामाथी रहेका मन्दिरमा रात बिताइरहेका गाउँपालिका अध्यक्ष गोबीन्द्र मल्लले जानकारी दिए । अध्यक्ष मल्लका अनुसार बाटो अबरुद्धका कारण गाउँपालिकाले दिन सक्ने राहतका सामग्री पुर्याउन अफ्ट्यारो भएको वताए ।
गाउँपालिकामा खाध्यान्न सँस्थान नहँदा खाध्यान्न किन्न कोल्टी जानुपर्ने हुँदा जनता भोकै बस्न बाध्य रहेका उनले वताए । गाउँपालिकामा कराडौँको क्षेति भएता पनि टेलीफोन ,ईन्टरनेट लगाएर सञ्चारका माध्याममा बाट सम्पर्क विहिन हुँदा एकिन डाटा नआएको उनले वताए ।

Exif_JPEG_420

Leave a Reply

Your email address will not be published. Required fields are marked *