बिहान खाली पेटमा खानुहोस् यो एक चिजः पेट राम्रोसँग सफा हुने, दाँत पनि बलियो

ByRocket Reporter

२५ आश्विन २०७९, मंगलवार ११:५४ २५ आश्विन २०७९, मंगलवार ११:५४ २५ आश्विन २०७९, मंगलवार ११:५४

उत्कृष्ट स्वास्थ्यका लागि मानिसहरु खानपिनमा विभिन्न प्रकारका चिज समावेश गर्छन् । यस्ता खानेकुराले मेटाबोलिजमलाई बढाउँछ भने शरीर पनि फिट राख्छ । यिनै खानेकुरामध्ये एक हो तिल । आयुर्वेदका अनुसार भुटेको तिल चपाउँदा पेट राम्रो तरिकाले सफा हुन्छ । साथै दाँत र गिजा पनि बलियो हुन्छन् । दाँतका लागि ब्रस गर्नु मात्रै पर्याप्त छैन । दाँत र गिजालाई स्वस्थ राख्नका लागि अन्य केही विकल्प पनि अपनाउन आवश्यकता छ ।

क्याल्सियमयुक्त खानाले दाँत र गिजालाई बलियो बनाउँछ । भारतकी आयुर्वेदिक मसाज थेरापिस्ट निती शेठले इन्स्टाग्राममा आफ्नो एउटा पोस्टमा तिलका गुणबारे बिस्तारसँग बताएकी छिन् । शेठका अनुसार बिहान बिहानै भुटेको तिल चपाउँदा दाँत र गिजा बलियो हुन्छ ।

उनले लेखेकी छिन्, ‘तिल चपाएपछि मञ्जन वा पाउडर बिना नै एकपटक पुनः दाँत ब्रस गर्नुहोस् ।’ एक शोधमा पाइए अनुसार तिलमा क्याल्सियम भरपुर मात्रामा पाइन्छ जसले दाँत र गिजा वरिपरिका हड्डीलाई सुरक्षित राख्छ । यसले दाँत वरिपरि जमेको फोहोर हटाउने काम पनि गर्छ ।

तिल खानुका अन्य फाइदा: बिहान बिहानै भुटेको तिल चपाउँदा कलेजो र पेट ठिक हुन्छ र पाचन तन्त्रमा सुधार आउँछ । शेठले लेखेका छन्, ‘ओरल हेल्थ हाम्रो दिनको महत्वपूर्ण हिस्सा हो । यो हाम्रो दाँत र गिजाका लागि मात्रै होइन यो पाचन तन्त्र, अंग र तन्तुलाई स्वस्थ राख्नका लागि पनि आवश्यक छ ।’ शेठ भन्छिन्, ‘तिल एक चमत्कारिक आयुर्वेदिक दाना हो । तिलले हड्डी, दाँत र कपाललाई बलियो बनाउन मद्दत गर्छ । यो कब्जियतका लागि पनि फाइदाजनक छ । तिलले सुख्खा खोकीमा पनि राहत प्रदान गर्छ ।’

यो पनि,यस्ता व्यक्तिहरुले बिर्सेर पनि नखानुहोस् चुकन्दर, स्वास्थ्यका लागि चुकन्दरको सेवन निकै फाइदाजनक मानिन्छ । धेरैजसो मानिस सब्जी, सलाद वा जुसको रुपमा यसलाई खानामा समावेश गर्ने गर्छन् ।

चुकन्दरले शरीरमा रगतको कमी हुन दिँदैन र विभिन्न प्रकारको फाइदा पुर्याउँछ । तर केही स्वास्थ्य समस्या भएको अवस्थामा यसलाई बिर्सेर पनि खानुहुँदैन । नभए यसले हानी गर्नेछ ।

कम रक्तचापमा नखानुहोस्: रक्तचाप कम हुँदा चुकन्दरको सेवन गर्नुहुँदैन । उच्च रक्तचापमा तपाईं यसलाई खान सक्नुहुन्छ तर कम हुँदा नखाएकै राम्रो । चुकन्दरले रक्तचापलाई कम गर्ने भएकाले यस्तो गर्न सुझाइएको हो ।

गर्भवती महिलाका लागि हानिकारक: गर्भवती महिलालाई पनि चुकन्दरको सेवन नगर्न सल्लाह दिइन्छ । यसको अत्यधिक मात्रा गर्भवती महिलाका लागि खतरनाक हुनसक्छ ।

मृगौलामा पत्थरी भएको अवस्थामा: मृगौलामा पत्थरीको समस्या छ भने चुकन्दर खाँदा तपाईंलाई हानी हुनेछ । यसले पत्थरीलाई बढाउने काम गर्छ ।

चुकन्दरले आइरनको कमी पूर्ती त गर्छ तर यसमा अक्सलेटको मात्रा अत्यधिक हुन्छ । अक्सलेटको सेवन अत्यधिक गर्दा मृगौलामा पत्थरीको समस्या बढ्ने गर्छ । जसलाई पहिले नै पत्थरीको समस्या छ, चुकन्दरको सेवनले यो समस्या बढाउन सक्छ ।

हुनसक्छ एलर्जी: चुकन्दरमा भिटामिन, एन्टिअक्सिडेन्ट, फाइटोन्यूट्रियन्ट्स, पलीफिनोल्स र डायट्री फाइबरसहित विभिन्न पोषक तत्व पाइन्छन् तर यसका कारण केही मानिसहरुलाई एलर्जी पनि हुनसक्छ । यसले छालामा डाबर आउने समस्या निम्तिन सक्छ । चुकन्दर खाएपछि कुनै पनि प्रकारको एलर्जी वा छालामा डाबर देखिए यसको सेवन बन्द गरेर डाक्टरको सल्लाह लिनुहोस् ।

ब्लड सुगरको स्तर बढाउन सक्छ: चुकन्दरको सेवन गर्दा ब्लड सुगरको स्तर बढ्न सक्छ । जसलाई मधुमेहको समस्या छ, उनीहरुले चुकन्दरको सेवन बिर्सेर पनि गर्नु हुँदैन । यसको ग्लाइसेमिक इन्डेक्स बढी हुन्छ जसले तपाईंलाई हानी गर्नसक्छ ।

कलेजोलाई क्षती: चुकन्दरको अत्यधिक सेवनले कलेजोलाई क्षती पुर्याउन सक्छ । चुकन्दरमा कपर, आइरन, फस्फोरस, म्याग्नेसियमको उच्च मात्रा हुन्छ । यो तपाईंका लागि फाइदाजनक त हुन्छ तर यसको अत्यधिक सेवनले यी सबै कुरा कलेजोमा गएर जम्मा हुन थाल्छन् । यसले कलेजोलाई क्षती पुर्याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *