बाले भन्नुभयो- ‘पर्दैन नायिका सायिका बन्न’

ByRocket Reporter

२५ आश्विन २०७९, मंगलवार ०४:१५ २५ आश्विन २०७९, मंगलवार ०४:१५ २५ आश्विन २०७९, मंगलवार ०४:१५

एकदिन टिभी स्क्रीनमा हेर्दै मैले भनें, “बाबा म पनि यस्तै नायिका बन्छु नि है ?” बाबाले काँचै खाउँलाझैं गरी मलाई हेर्दै भन्नु भयो, “पर्दैन, नायिका सायिका बन्न ।

कोही नाचेको देख्दा उसँगै कम्मर मर्काउन मन लाग्ने, कोही गाएको देख्दा उसँगै स्वरमा स्वर मिलाउन मन लाग्ने ।

खुरुखुरु पढाइमा ध्यान दिने । पछि गएर धेरै पढेर नाम कमाउनु पर्छ ।”

नाच्ने र गाउने भनेपछि हुरुक्कै हुन्थे म । स्कुलमा कुनै कार्यक्रम भयो भने भाग लिन्थें । खेलकुदतिर नि उत्तिकै उत्साहित हुन्थ्यो मन । पहिले पहिले त टिभी हेर्न नि अनेक बहाना चाहिन्थ्यो, अहिलेको जस्तो हात हातमा मोबाइल कहाँ थियो र ? टिभी हेर्दै गृहकार्य गर्न बस्दा निकै समय लाग्थ्यो । अनि टिभी हेर्दा देखिने अनेक रङ्गीचङ्गी दृश्यले मन साह्रै लोभ्याउँथ्यो । कोही नाचेको देख्दा उसँगै कम्मर मर्काउन मन लाग्ने, कोही गाएको देख्दा उसँगै स्वरमा स्वर मिलाउन मन लाग्ने ।

अनि नायिकाको अभिनय हेर्दा फिल्म खेल्न मन लाग्ने । त्यो बेलाको उमेर नै अति नै चञ्चल ।

सांगीतिक क्षेत्रको कुनै कार्यक्रममा भाग लिन्छु भन्दा घरमा एकछिन त होहल्ला नै मच्चिन्थ्यो । खै किन हो, बाबा आमालाई यो क्षेत्रको कुरै मन नपर्ने । जहिले कुरा गर्यो, सधैं नाइँ भनेर कुरा टारिदिनु हुन्थ्यो । लाग्थ्यो, बाबा आमाले मलाई बुझ्नु नै हुन्न । मेरो इच्छा र भावनाको त कदर नै गर्नुहुन्न । अझै बेल बेला लाग्थ्यो, मलाई साथ नै नदिने भए किन माया गरेको जस्तो स्वाङ गरेको होला मेरो घरपरिवारले । सधैं नाइँ नाइँ भन्दा कहिल्यै थाक्नुहुन्न जस्तो लाग्थ्यो ।

बेलाबेला आमाले भन्ने गर्नु हुन्थ्यो “छोरी, तिमी ठूली हुँदै छौ, तिमीलाई सही र गलत स्पर्श थाहा हुनुपर्छ । यहाँ हरेक किसिमका मान्छेहरु भेटिन्छन् । कोही त मान्छेको रुपमा दैत्य पनि भेटिन्छन् । त्यसबेला तिमीले आफूलाई कसरी सम्हाल्छौ, त्यो तिम्रो हातमा हुन्छ । तर, सहीलाई सही र गलतलाई गलत भन्न जस्तोसुकै परिस्थितिमा पनि पछि नहट्नु ।” आमाले भनेका यी गहन वाणीमा खासै ध्यान दिएर सुनिएन पहिले ।

आमालाई उस्तै चिन्ता थियो मेरो । आमा अगाडि भन्नु हुन्थ्यो, “छोरी अहिले तिमी सानै छौ । तिमीलाई हामीले तिम्रो भलाइका लागि जे कुरा भन्दा पनि तिमीलाई अहिले तीतो लाग्छ होला । तिमी अझै बुझ्ने भएकी छैनौ । तर जब बुझ्ने हुन्छ्यौ, तब तिमीलाई थाहा हुनेछ कि हामी तिम्रो इच्छा विरुद्ध के कति कारणले थियौं भन्ने ।” आज म बुझ्ने हुँदा थाहा हुँदैछ कि किन बाबा आमाले मलाई त्यो क्षेत्रमा जान रोक्नुभएको थियो ?

यसै साता सामाजिक सञ्जालमा ‘अल अबाउट डिवी स्किन’ मा भाग १ देखि भाग २० सम्मका टिकटक भिडियो पोस्ट गरेर एकजना ब ला त्का र पीडितले आफूमाथि ब्युटी पेजेन्टको नाममा ब ला त्का रको भएको सार्वजनिक गरिन् । आठ वर्ष पहिले राजधानीमा भएको यो घटनाको सार्वजनिकीकरण भएसँगै व्यापक दवाव, आन्दोलनले पी डक मनोज पाण्डे पक्राउ परेका छन् । यो घटना लगत्तै आइतबार इटहरीका एक बोर्डिङ स्कूलका प्रिन्सिपल राज खड्काले सात वर्ष पहिले होस्टलमा बस्दा आफूलाई लगातार दुइ वर्ष बलात्कार गरेको अर्की पीडितले उजागर गरेकी छिन् ।

पहिलो घटनाको धेरै कुरा छताछुल्ल भएका छन् भने पछिल्लो घटनाको पनि अब आउला नै । ती पी डक पनि चाँडै पक्राउ पर्लान् भन्ने आशा गरौं ।

ब्युटी पेजेन्टको नाममा ब ला त्का र भएको करिब आठ वर्ष अगाडिको घटनालाई किन आजसम्म पी डितले दबाएर राखिन् भन्ने प्रश्न समेत धेरै उठेका छन् । तर के फलानाले मलाई बारम्बार ब ला त्का र गर्यो भन्न हाम्रो समाजमा त्यति सजिलो छ त ? आफ्नो घर परिवारसँग खुल्न त गाह्रै हुन्छ । तर सेलिब्रेटी भनाउँदा अरुसँग सहयोगको अपेक्षा राखेर अगाडि बढ्दा पनि उनीहरुले नै उनको कमजोरी भएको बताउँदा उनी माथी के बज्रपात पर्यो ? त्यो उनलाई नै थाहा छ ।

नेपाली समाज नै यस्तो भएको छ कि, म माथि यौ -न दु-व्र्यवहार भयो भन्न नि पचासौं पटक वर्षौंसम्म सोच्नु पर्छ । यहाँ त आफ्नो या-तना सुनाउँदा ‘तँ आफै गाकि होस्, त्यस्तो काम गर्न, तैंले त्यै खोजेकी होस्’ भन्नेको कमी छैन । यसो बुझ्दा मनोरञ्जन क्षेत्र यति फितलो र यति हिं-साजनक भइरहेको छ कि जति नै बुझ्ने बाबु आमा भएपनि यो क्षेत्रमा जान दिन पटक पटक सोचेर जवाफ दिनुपर्ने भएको छ ।

आज ८ वर्षपछि आएर साहास जुटाएर आफ्नो व्यथा सुनाउँदा “तैंले समयमा नै किन भनिनस्, बुझ्ने भएर नि किन त्यसले भनेको मानिस्, गल्ती तेरो नै हो,” भन्नेहरुको पनि ओइरो छ ।

हुन त मनोरञ्जन क्षेत्र मात्र हैन, यहाँ हरेक क्षेत्रमा यौ -न दु-व्र्यवहार भइरहेको छ । तर त्यसबारे बोल्ने साहस भने एकदमै कम मानिसमा छ । आफ्नो व्यथा सुनाउँदा आफै दोषी भइन्छ यहाँ । हिं-साविरुद्ध आवाज उठाउन पनि किन यति गाह्रो छ यहाँ थाहा छैन । अहिले ती पीडितको लागि म छु भन्नेहरु धेरै देखिएका छन् । तर थाहा छैन भोलि फेरि कसैलाई अप्ठेरो परे यो मेरो समस्या हैन, बलात्कृत हुनु तिम्रो समस्या हो, मेरो होइन भन्नेहरु निस्किन्छन् जस्तो लाग्छ । नारीवादको ढोंग गर्नेहरुले गर्दा आज आएर नारीवादी हुँ भन्न पनि हिच्किचाउनु पर्छ ।

जीवनको घुम्तीमा अनेक मान्छेसँग भेट भयो, जहाँ धेरै पढे लेखेको विद्वान भनाउँदाहरुको सोच पनि तुच्छ देखियो भने कोही नपढेका व्यक्तिहरुको उच्च सोच पनि देखियो । पहिले बाबुआमाले जाने हैन, त्यो रंगमञ्च क्षेत्रमा भनेको सायद यो क्षेत्रलाई पहिले नै राम्रोसंँग बुझेको भएर होला जस्तो लाग्छ । आफूभन्दा अनुभवी व्यक्तिको कुरा सुन्नुपर्छ भन्छन् नि, यही भएर नै होला ।

ब ला त्कार घटनामा मुद्दाको लागि वर्ष दिनको हद म्याद मात्रै कानुनमा रहेछ । यसरी साहस जुटाएर कानुनी प्रक्रिया अगाडि बढाऔं न त भन्दा कानुनले नै हौसला घटाइदिने रहेछ । कुनै एकजनाले भनेको सुनेको थिएँ, “नेपालको कानुन दैवले जानून्” । त्यस्तै नै छ यहाँ ।

यही प्रकरणलाई लिएर युवाहरुले बालुवाटार प्रधानमन्त्री निवास कार्यालयदेखि माइती घर मण्डलासम्म धर्ना दिए, सामाजिक सञ्जालमा पनि युवाहरुको धेरै अग्रसरता देखियो । यो पनि एउटा राम्रो सङ्केत हो कि, अरु कोही होस् या नहोस् तर युवाहरु सहीलाई सही र गलतलाई गलत भन्न पछि परेका छैनन् । यो घटनामा र प्रिन्सिपलले ब ला त्का र गरेको लगायतका घटनाहरुमा मुछिएका सबै पीडितले न्याय र दोषीले सजाय पाउँछन् कि पाउँदैनन् ? यो नेपालको कानुन देख्दा भन्न त सकिन्न ।

तर, यस्ता घटनाको सबैले विरोध गर्दै गयौ र सबैले नडराएर आफू उपर परेका अनेक किसिमका यौ -न हिं -साका घटनाका बारेमा, पीडकका बारेमा समयमा पोल खोल्न थाल्यौँ भने अवश्य यसले अहिलेका किशोर किशोरीमाथि अवश्य पनि केही सकारात्मक उर्जा र हौसला जगाउने छ ।

शुभेच्छा रेग्मी / राताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *