डडेल्धुराका स्वतन्त्र उम्मेदवार ढकाल र धामी सांसद पदको जागिर दिनु भन्दै घर-घरमा बिन्ति बिसाउदै

ByRocket Reporter

२५ आश्विन २०७९, मंगलवार ०४:०५ २५ आश्विन २०७९, मंगलवार ०४:०५ २५ आश्विन २०७९, मंगलवार ०४:०५

अत्तरिया: प्रधानमत्री शेरबहादुर देउवा संग चुनाव लड्ने घोषणा गरेका सागर ढकाल र प्रदेश सभा सदस्य डडेल्धुरा क्षेत्र न. ‘क’ बाट ई. महेश धामी चुनावी अभियानमा घर दैलेमा देखिदैछन ।

पछिल्लो समयमा चुनव प्रचारको नयाँ रणनिति सहित गाउँघर पसलमा किन हामीलाई भोट दिने ? बिगतमा भोट दिएर के पाउनु भयो ? हामीलाई भोट दिएर जनताले के पाउने सम्बन्धि जानकारि सहितको पत्र घर दैलोमा छोड्दै प्रचारमा ब्यस्त देखिन्छन ।

लगातार ६ वटा चुनाव जितेर पाँच पटक प्रधानमन्त्री भएका देउवाको कीर्तिमान यसपटक तोडिने आधार भेटेको कुरा गुल्मीका सागर ढकाल दाबी गर्छन् । देउवाले ३० वर्षदेखि डडेलधुरामा चुनाव जितेको कीर्तिमान जस्तै आफूले पनि ३० वर्षे इतिहासमा पहिलोपटक पुल्चोक क्याम्पसबाट अक्सफोर्डमा छानिएको उनी बताउँछन् ।

May be an image of 8 people, people standing and outdoors

आगामी निर्वाचनमा देशभरबाट २० जना स्वतन्त्र उम्मेदवारले जितेमा प्रधानमन्त्री बन्न सक्ने उनको आकलन छ । डडेलधुराका गाउँ-गाउँमा पनि सागर र बालेनहरूको पुस्ता आउनुपर्छ भन्ने आवाज भएकाले उत्साहित बनेको उनले सुनाए । नयाँ दिल्लीमा (अरविन्द) केजरीवालले ल्याएकै जस्तो माहोल आएमा आफू प्रधानमन्त्री बन्न कुनै अप्ठ्यारो नहुने सागर बताउन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *