लक्की उपासना, बोल्ड उपसना (फोटोफिचर)

ByRocket Reporter

२४ आश्विन २०७९, सोमबार ०३:५४ २४ आश्विन २०७९, सोमबार ०३:५४ २४ आश्विन २०७९, सोमबार ०३:५४

नायिका उपासना सिंह ठकुरीको ३ वटा मात्र फिल्म रिलिज भएका छन् ।

उनले अभिनय गरेको डेब्यू फिल्म ‘क्याप्टेन’ हो । यो फिल्ममा नायक अनमोल केसीसँग काम गरेकी उपासना यो फिल्म चलेपछि उनी पनि चलिन् ।

दोश्रो फिल्म त उनले ‘कबड्डी ३’ नै पाइन् । यो फिल्म पनि बक्स अफिसमा चम्कियो । दुबै फिल्म चम्किएपछि उपासनाको माग पनि फिल्म क्षेत्रमा खुबै बढ्यो । तर, उनले निक्कै कम फिल्म मात्र साइन गरेकी छिन् ।

उपासनाले फिल्म ‘डिसेम्बर फल्स’मा काम गरिन् । यो फिल्मको छायांकन अझै सकिएको छैन । बरु, उनले अभिनय गरेको फिल्म ‘२ नम्बरी’ हलमा चलिरहेको छ । यो फिल्मले २ दिनमा बक्स अफिसमा सुखद कमाई गर्यो । तेश्रो दिन पनि फिल्मको कमाई राम्रो हुने संकेत देखिएको छ ।

तर, उपासना आफूलाई लक्की मान्दिनन् । उनले भनिन्–‘म निक्कै कम फिल्म मात्र साइन गर्छु । कथावसतु बलियो देखेपछि मात्र मैले फिल्म साइन गर्ने गरेकी छु । यसैले, लक्की नै हुँ भन्ने लाग्दैनँ ।’

उपासनाले जे जस्तो भनेपनि उनी मेकरका लागि पनि लक्की देखिएकी छिन् । उनले अभिनय गरेका तिनै वटा फिल्म बक्स अफिसमा चल्नु उनका लागि सुखद कुरा हो ।

उनै उपसनाको सुन्दरताको पनि निकै चर्चा हुनेगर्छ । सोसलमिडियामा पनि निकै सक्रिय छन् उनी । जहाँ उनका निकै बोल्ड तस्बिर देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *