अत्तरिया: सुदूरपश्चिमको तराई पहाड जोड्ने एकमात्र भीमदत्त राजमार्ग लगातारको बर्षा सँगै आएको पहिरोले अवरुद्व हुदा हजारौ यात्रु दशैं सक्काएर अलपत्र परेका छन । पहाडी राजमात्रमा अधिकांश ठाउँमा स-साना पहिरो सँगै ढुंङ्गा खसेर राजमार्ग अबरुद्ध भएको छ । राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका ४ मा सडक अवरुद्व रहेको छ ।
सडक अवरुद्ध भएका कारण सवारी साधनहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। भीमदत्त राजमार्गमा रहेका स–साना पहिरोलाई खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।