कसैलाई नपरोस् मेरोजस्तो लोग्ने….!

ByRocket Reporter

२४ आश्विन २०७९, सोमबार ०३:२२ २४ आश्विन २०७९, सोमबार ०३:२२ २४ आश्विन २०७९, सोमबार ०३:२२

अनिता कोइराला

सहिद गेटबाट हतारहतार चन्द्रागिरि यातायातमा सिट छोप्दै उक्लिएँ। पछाडिको एक सिट खाली रहेछ, सास आयो, थ्याच्च बसें। झ्यालको सिटमा मेरै उमेरकी एक महिला सुँक्क सुँक्क गर्दै रूँदै गरेको देखें।

जीउ थरथरी कामिरहेको थियो। आँखाबाट बगेको आँसुका धाराले एक पीडित नारी भएको अनुमान लगाउन गाह्रो भएन। एक छिनसम्म त वास्ता गरिनँ। आफ्नै सुरमा बसें। तर ध्यान उसैतिर मोडियो।

अनि बोलाएँ- बहिनी! के भयो किन रोएको? मेरो आवाज सुन्ने बित्तिकै फनक्क फर्केर आश्चर्य प्रकट गर्दै ‘ओई! तँ! कताबाट आएकी ?’ ग्वाम्म अँगालो हालेर हुँक्क हुँक्क गर्न थाली।

गाडीका मान्छेहरू हामीतिर हेर्न थाले। सीतालाई (नाम परिवर्तन) चुप लगाएँ।

नेकौ विचार चल्मलाउन थाले। मलाई बुझ्न गाह्रो भएन सीता तनाव भएकी। टाउको मुसार्दै चुपचुप मात्र भन्दै उसलाई शान्त पार्न थालेंँ

बिस्तारै सोधें।
‘तँ कता हिँडेकी, यस्तो गतिमा, के भयो? किन रोएको?’

‘मलाई बाँच्न मन छैन, त्रिशूलीतिर हिँडेको।’
‘तँ बौलाउन आँटिस्। के भयो? यो गाडी कहाँ जान्छ थाहा छ? छोराहरू कता छन्? खोइ भिनाजु, कता हुनुहुन्छ?’

दिमागमा एकैचोटी अनेकौ विचार चल्मलाउन थाले। मलाई बुझ्न गाह्रो भएन सीता तनाव भएकी। टाउको मुसार्दै चुपचुप मात्र भन्दै उसलाई शान्त पार्न थालेंँ, अरू उपाय केही थिएन।

‘गुर्जुधारा झर्ने भाडा झिक्नुस्’ कन्डक्टर कान खानेगरी चिच्यायो। झसंग भएँ।

सीतालाई पनि जबर्जस्त गुर्जुधारा ओरालेंं। हात समातेर घर लिएर आएँ। धन्न घरमा कोही थिएनन्। मुख धुन लगाएँ। पानी खान दिएँ। खाना खाएकी छैन जस्तो लाग्यो। बिहानको भात भुटें। गाली गर्दै, फत्फताउँदै कर गरेपछि दुईमुठी भात बल्लतल्ल खाई। विस्तारै शान्त हुँदै गई।

आईमाई मान्छेमा कलंक नै रहिछे। छोटो समयमा बनाएका साथीको विश्वास नहुने रहेछ एनी! मैले चिन्न सकिनँ त्यसलाई।

‘अब सुना के भयो?’

‘पशुपतिले (नाम परिवर्तन) त अर्को विवाह गरेको रहेछ। त्योबाट छोरा पनि पनि भैसकेछ। मलाई केही थाहा छैन। मैले ईश्वर सम्झेर यतिका वर्षदेखि साँचो माया गरेको। मलाई र मेरा छोराहरूलाई धोका दियो। विवाह गरेको सत्र वर्षमा अर्काकी स्वास्नी ल्याएछ। त्यो पनि अर्काको छोरीसहित। मेरो सौता हुन आउने त्यो मेरै अफिसमा काम गर्छे। आईमाई मान्छेमा कलंक नै रहिछे। छोटो समयमा बनाएका साथीको विश्वास नहुने रहेछ एनी! मैले चिन्न सकिनँ त्यसलाई।

बाले कुश पानी समातेर दिएको ईश्वर भनेर, मैले तन, मन र धन सबै दिएँ, कहीँ नभएको ‘सुकुल गुण्डो’ पो रहेछ। आईमाईको चरित्र बुझ्न गाह्रो भन्थे, होइन रहेछ यहाँ त लोग्ने मान्छेको चरित्र बुझ्न मलाई एक युग नै कुर्नुपर्यो।

मेराले नै मेरो नजिक आएर मलाई नै लुटे। श्रीमान वैदेशिक रोजगारमा गएको छ बिचरी छोरी लिएर संघर्ष गर्दैछ भनेर सहानुभूति प्रकट गरेको थिएँ, कति माया गर्थे त्यसलाई।

अप्ठ्यारोमा परेको बेला कति पटक सहयोग गरें। कहिल्यै सोच्नै सकिनँ राधा (नाम परिवर्तन) पनि ‘चरित्रहीन’ होली भनेर। त्यसलाई मात्र के भन्नूँ, आफ्नै लोग्ने पराइ भएसी। मेरै लोग्नेले मलाई यो अवस्थामा ल्यायो।’ अनुहार रातोपिरो भयो।

गुम्सिएका जम्मै पीडा जम्मै बाहिर आउनुपर्छ झैं लागेर उक्स्याएँ।
‘अनि, अरू भन, अरू के के भयो?’ म ऊभित्रको औडाहा बाहिर निकाल्न चाहन्थें।

‘हेर्न, विश्वास टुटेको बेला विष खाएर मर्न पनि लागेको थिएँ। फेरि छोराहरूको बिचल्ली सम्झेर झसंग भएँ, होस् आयो। आज फेरि यो मन निकै हतास र निरास भएछ। थाहा छैन कसरी त्यो गाडीमा चढें। कति खेर घरबाट हिँडें। छोराहरूलाई बिहान कलेज पठाएकोसम्म याद छ। अरू केही याद छैन। मलाई तनाव भएर औषधि पनि खाने गरेको छु।

मनोचिकित्सासँग परामर्श पनि लिँदैछु। सोचेजस्तो होइन जीवन।’ तारा देवीको गीत जोड जोडले गाउन थाली।

कसरी सम्झाउने, कसरी सान्त्वना दिने केही फुरेन। आँखा चिम्म गरेर लामो गहिरो सास फेरें।

आँखाबाट आँसु बगिरहे। म पनि भित्रभित्र अरुणा लामाको अर्को गीत गुनगुनाउन पुगें ‘जिन्दगी परे छ आँधीमा, भूमरी भित्रको यात्रामा.. तिमीसँग हाँसेको यो जीवन.. रोइदियो सबैको माझमा।

‘एकछिन आराम गर’, भनेर निन्द्रा लाग्ने औषधि खान दिएँ।
उसैको झोलामा रहेछ।

मेरो मस्तिष्क शून्य भयो। कसरी सम्झाउने, कसरी सान्त्वना दिने केही फुरेन। आँखा चिम्म गरेर लामो गहिरो सास फेरें।
स्नातक गरेकी शिक्षित, आत्मनिर्भर र आँटिली केटी। अरूको गल्तीमा आत्महत्या गर्ने कोसिस गरेको सुन्दा मन आन्दोलित भयो।

अधिकृत बन्ने सपना बोकेर हिँडेकी केटी आज मनोचिकित्सालय धाउनु परेको छ। धिक्कार छ यस्ता श्रीमान र श्रीमतीहरूलाई जसले क्षमतावान श्रीमती अनि इमानदार र नैतिकवान श्रीमानलाई मानसिक रोगी बनाएका छन्।

कूल घरान हेरेर बा-आमाले कन्यादान दिएको। धिक्कार छ त्यो उच्च कूलको कुपुत्रलाई। घृणा छ आफू नारी हुँदाहुँदै अर्को नारीको खुसी खोस्ने पिंगलाहरूलाई।

मारे पाप, पाले पून्य भनेर बा-आमाले सत्र वर्षअगाडि जिम्मा लगाएका थिए सीतालाई। सुनौलो भविष्यको आशमा सीता पनि मख्ख

मेरो कानमा अतित गुन्जियो-तराईमा पाँच बिगाह जमिन छ। केटोको राजनीतिमा दह्रो पकड छ। भोलि मन्त्री पनि हुन सक्छ।
सिनेमाको हिरोजस्तै छ। सम्पत्ति सात पुस्तालाई सुतेर खान पुग्छ। सम्पन्न परिवारमा नाता जोड्न पाएकोमा सबै मख्ख थिए।

सानो परिवार छोरीलाई सुखैसुख हुन्छ भनेर मम्मीको खुट्टा भुइँमा थिएनन्। छोरीको मान नघटोस् भनेर बिहेमा कुनै कमी गरेनन्।
मारे पाप, पाले पून्य भनेर बा-आमाले सत्र वर्षअगाडि जिम्मा लगाएका थिए सीतालाई। सुनौलो भविष्यको आशमा सीता पनि मख्ख थिई।

श्रीमानसँग पैसाको कमी थिएन। तर आफूले केही गर्नुपर्छ भन्ने स्वाभिमान जीवित नै थियो। पढाइमा निकै अब्बल। राष्ट्र बैंकको अधिकृत बन्ने सपना बोकेर जबर्जस्ती ‘गृहयुद्ध’ गरेर काठमाडौंमा आएकी। सीता निकै मेहनती र लगनशील थिई। तर सासूलाई खुसी बनाउन सकिन।

सासूको इच्छा थियो छोरा-बुहारी गाउँमा सँगै बसून्। सासूले बारम्बार भन्ने गर्थिन रे – धन सम्पत्ति पर्याप्त छ किन जानु दु:ख गर्न काठमाडौं। दुइटा पोखरी छन् माछा, मासु किन्न कतै जानु पर्दैन। केही काम गर्नुपर्दैन, नोकर चाकर घरभरी छन्। गाईवस्तु गोठभरि छन्, दही-दूधको कमी छैन। गाउँमा मानसम्मान छ। यो वैभव छोडेर के खान जानु त्यो खाल्टोमा?

सीताले सासूलाई नटेरेपछि आन्तरिक द्वन्द्वले उग्ररूप लिन थालेछ। भुसको आगोझैं सासू र बुहारीको सम्बन्ध बिस्तारै बिग्रन थालेछ। आमाजु र सासूको नजरमा सीता कु-संस्कारी र अटेरी सावित हुँदै गई।

पशुपति राजनीति गर्ने मान्छे। तराई र काठमाडौं ओहोरदोहोर गरिरहनुपर्ने। पशुपति एक्लै भएको मौकामा सीताको विरूद्धमा छोरालाई भड्काउन थालिछन् सीतामा नभएका अवगुण देखाएर। सधैं दोस्रो विवाह गर्न उक्साही रहन्थिन् रे। समय बित्दै गयो। सासू र आमाजू सीताका दुश्मन हुँदै गए। सीता दुई छोराकी आमा भैसक्दा पनि सासू र आमाजूको माया पाउन सकेकी थिइन। आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अपमान खप्नुपर्यो। सीताले आफ्नो इच्छा व्यक्त गर्दा सीताको अस्तित्व नै स्वीकार भएन उनीहरूलाई।

सीतालाई कमजोर बनाउन मानसिक हिंसाका सबै हर्कत अपनाएका थिए। तर सीता जब्बर थिई।

‘एनी! के सोचेकी ट्वाल्ल परेर?’ सीता उठेर नजिकै आई। अलि फ्रेस देखिन्थी।

‘के सोच्नु तेरो अतीत याद आयो’
‘के गर्नु, हेर्न उसलाई घृणा गर्नै सक्दिनँ। उसले पो मलाई माया गरेन त। म त औधी माया गर्छु, साँच्चै आत्मिक प्रेम गर्छु आज पनि। ऊबिना बाँच्नै सक्दिनँजस्तो लाग्छ। उसलाई छोड्नुभन्दा बरू आफैं मर्न पाए हुन्थ्यो। मलाई कहिल्यै दु:ख दिएन पशुपतिले। सबै इच्छा पूरा गरिदिन्थ्यो। सत्र वर्षसम्म कहिल्यै ठूलो स्वरले पनि बोलेन। म स्वतन्त्र थिएँ।

सम्पत्तिको कुरा गर्दा ढुंगा बोल्ला ऊ बोल्दैन। के कति सम्पत्ति छ केही थाहा छैन। कहिल्यै जान्ने कोसिस पनि गरिनँ। कति कमाइ छ,

छोराहरूलाई काठमाडौंको नामुद स्कुल र कलेजमा पढाएको छ। छोराहरूको सबै माग पूरा गर्छ। म र मेरा छोराहरूलाई आर्थिक सुरक्षा दिएको छ। छोराहरूले भन्नेबित्तिकै लाखौं पर्ने ल्यापटप, मोबाइल, पकेट खर्च सबै पुर्‍याएको छ।

सानेपामा घर छ, सासूको नाममा। तर सम्पत्तिको कुरा गर्दा ढुंगा बोल्ला ऊ बोल्दैन। के कति सम्पत्ति छ केही थाहा छैन। कहिल्यै जान्ने कोसिस पनि गरिनँ। कति कमाइ छ, केको व्यापार छ, त्यो पनि थाहा छैन।

हेर्न, छोराहरू बाउलाई असाध्यै माया गर्छन्। बाउसँग छुट्टिएर बस्ने कल्पनासम्म गर्न सक्दैनन्। छोराहरूको लागि अदालत गएर न्याय माग्न पनि सक्दिनँ। आत्मीक प्रेम कहिल्यै मर्दैन रहेछ। प्रेम साँच्चै अन्धो हुँदो रहेछ। छोराहरूको बाउ खोस्न मनले दिँदैन।

यस्तो अपराधलाई पनि माफ गरिदिएँ। तर कहिलेकाहीँ स्वाभिमान जाग्छ। नैतिक शिक्षाले घोच्छ। चरित्रहीनहरूप्रति घृणा उम्लेर आउँछ। अनि आफैं विछिप्त हुन्छु। फेरि शान्त मस्तिष्कले सोच्छु।

यो कलिलो उमेरमा हाम्रो कलहले छोराहरूको मानसिक अवस्थामा कस्तो असर पर्ला। छोराहरू हामीसँगै बसेको हेर्न चाहन्छन्। जेठो छोरोलाई सबै थाहा छ। तर बाउसँग यो विषयमा कुनै प्रश्न गर्दैन। बाउको अपमान पनि गर्दैन। बाउसँग ठूलो स्वरले कहिल्यै बोल्दैन। घर आउँदा बाउको गोडा मिचिदिन्छ, टाउकोमा मसाज गरिदिन्छ।

जागिर खाँदा सबै घर खर्च टार्थें, कहिल्यै पैसा मागिनँ। उसको सबै दु:ख बुझ्थें। जति गरे पनि के गर्नु, हे भगवान! कसैलाई नपरोस् मेरोजस्तो लोग्ने!

मलाई सम्झाउँछ मामु पीर नगर्नु, सबै बिर्सनु भन्छ। पशुपतिलाई बदनाम गर्ने कल्पनासम्म पनि गर्न सक्दिनँ। माइतीलाई पनि सुनाएकी छैन। विस्तारै आफूभित्रको चोट आफैं सहन थालें। जबर्जस्त सामान्य छु भन्ने भ्रम पाल्दै गएँ।’ आँखा फेरि सजल भए।

मैले चिया बनाएर ल्याएँ।

चिया पिउँदै फेरि उसका कुरा सुन्न थालें- हेर्न! मैले यही तनावमा जागिर छोडें। अधिकृत हुन सकिनँ। प्राइभेट कम्पनी काम गर्थें। राम्रो कमाइ थियो। मलाई झोंक चल्यो, ऊ चाहिँ अर्काकी स्वास्नी ल्याएर मोजमस्ती गर्ने। पैसा उडाउँदै हिँड्ने। म चाहिँ मरिहत्ते गरेर काम गर्न जाने! आखिर केका लागि भनेर रिसले छोडिदिएँ। जागिर खाँदा सबै घर खर्च टार्थें, कहिल्यै पैसा मागिनँ। उसको सबै दु:ख बुझ्थें। जति गरे पनि के गर्नु, हे भगवान! कसैलाई नपरोस् मेरोजस्तो लोग्ने!

कुरले कुहेको सिनो पनि छोड्दैन भन्थे हो रहेछ गाईको आवरणमा घाट घाटको सिनो खाने कात्तिके कुकुर रहेछ। ईश्वर ठानेको लोग्नेलाई आज बातैपिच्छे कुकुर भन्नुपर्या

‘म त मूर्ख नै रहेछु, मान्छे नचिन्ने। राधा मसँगै काम गर्थी। एउटा छोरीकी आमा। बोली निकै मीठो। मेरो घर पानी पँधेरो नै थियो। भिनाजु भनेर मख्ख पर्दै गफ गर्थी। विस्तारै सासू र आमाजूसँग पनि घनिष्ट हुन थाली। राधा आउँदा सासू निकै मख्ख पर्थिन्। उसका फेसबुकका स्ट्याटस र फोटोमा सासू र आमाजूको लाइक कमेन्ट सधैं आउँथ्यो। सासू, आमाजू र राधिकाको ग्रुप च्याट पनि हुन्थ्यो। त्योसँग मेरा कुरा काटेर बस्थे मेरा भन्ने मान्छेहरू।

मलाई के थाहा उनीहरूको षड्यन्त्र। कुकुरले कुहेको सिनो पनि छोड्दैन भन्थे हो रहेछ गाईको आवरणमा घाट घाटको सिनो खाने कात्तिके कुकुर रहेछ। ईश्वर ठानेको लोग्नेलाई आज बातैपिच्छे कुकुर भन्नुपर्या छ। कस्तो छदम भेषी, चरित्रहीन। छ्या!!

सबैले मेरो आँखामा छारो हाले। सेवा, सहयोग र प्रेममा विश्वास गर्ने मलाई यस्तो खेल के थाहा। सिनेमाको पटकथाभन्दा कम गरेनन् असत्तिहरूले’

लामो सास फेर्दै मलाई सोध्छे – के गरौं तँ सल्लाह देन। अँ! साँच्चै ! तँ त लेख्छेस् क्यार मेरो कहानी सबैलाई सुनाइदे न। धेरैको सल्लाह सुझाव पनि पाउँथें। सीतालाई बिदा गरेर आएँ। मस्तिष्क शून्य हुँदाहुँदै पनि अक्षरहरूमा युद्ध गर्न थालें। सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *