मधुले राजेश हमालको खुट्टा ढोगेपछि….

ByRocket Reporter

२१ आश्विन २०७९, शुक्रबार १०:२० २१ आश्विन २०७९, शुक्रबार १०:२० २१ आश्विन २०७९, शुक्रबार १०:२०

आमाको वार्षिक पुण्यतिथि पर्ने भएकाले अभिनेता राजेश हमाल विजयादशमीको भोलिपल्ट मात्र दशैं टीका लगाउँछन् ।

दिदी र भिनाजुको हातबाट हमाल दम्पतीले टीका ग्रहण गरे । त्यसपछि हमालले मधु र निकट सहकर्मीलाई पनि बोलाएर टीका लगाइदिए । टीका थापेपछि मधुले हमालको खुट्टामा ढोगेकी छन् ।

मधुले खुट्टा ढोगेको यो तस्वीर यतिबेला फेसबुकमा भाइरल बनिरहेको छ । यो तस्वीरको पक्ष र विपक्षमा फ्यानले मत जाहेर गरेका छन् ।

rptnboz

कतिपयले खुट्टा ढोगाउनुलाई पटक्कै मन नपरेको प्रतिक्रिया दिएका छन् भने कतिपयले ढोगेको कति दामी देखिएको भन्दै प्रशंसा गरेका छन् ।

कमेन्टमा कविता घर्ती मगर लेख्छिन्, ‘सहरका शिक्षित भनिएका व्यक्तिहरुको त यो हालत छ । बिचरा गाउँका चेलिबेटीको झन् के हालत होला ?’ ट्वीटरमा निर्मला शर्माले फोटो सेयर गर्दै यी फोटाबारे केही भन्नुछ भनेर लेखेकी छन् ।

रुपेन कार्की लेख्छन्, ‘राजेश दाजु, मलाई आजसम्म तपाईं मन पथ्र्यो । यो ढोगाउने काम चाहिँ पटक्कै मनपरेन तपाईंको ।’ रिदम ठकुरी लेख्छन्, ‘हाम्रो महानायक राजेश हमाललाई ढोगेको कति दामी देखिएको ।’

यो तस्वीरको पक्षमा समर्थन गर्नेहरु भने प्रशस्तै छन् । विरोध गर्नेहरु पनि केही देखिएका छन् । धेरैले मधुले संस्कारलाई पछ्याउँदै हमाललाई ढोगेको पनि कमेन्ट गरेका छन् ।

जेहोस्, हमाल दम्पतीलाई नेपाली फिल्म क्षेत्रमा निकै रुचाइएको र आदर्शवान जोडीको रुपमा लिइने गरिन्छ । उनीहरुले संस्कारलाई मान्दै आफ्नो खुशीले गरेको काममा कुनै बिवाद गर्न पर्ने भने देखिदैन ।

hdrpl

Leave a Reply

Your email address will not be published. Required fields are marked *