बानियाँको आश्वासन-काँग्रेसको सरकार बन्यो भने १० हजार विपन्नलाई घर बनाइदिन्छौँ ! « प्रशासन

ByRocket Reporter

१२ आश्विन २०७९, बुधबार १६:२० १२ आश्विन २०७९, बुधबार १६:२० १२ आश्विन २०७९, बुधबार १६:२०

काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बागमतीमा काँग्रेसको सरकार बन्यो  भने अति विपन्नहरूलाई घर बनाइदिने बताएका छन् ।

बुधबार काठमाडौँमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी घोषणा पत्रको सुझाव लिन आयोजित कार्यक्रममा बानियाँले पहिलो वर्ष २५ सय घर बनाएर विपन्न परिवारहरूलाई वितरण गरिने बताए ।

त्यसपछि विपन्न १० हजार परिवारको काँग्रेसको बागमती प्रदेश सरकारले घर बनाउने उनले बताए  । 

यस्तै उनले उनले बागमती प्रदेशमा उत्पादन हुने किबीसहितका फलफूलबाट गुणस्तरीय रक्सी बनाउन सकिने बताए ।  


(News Source: Prasashan)

Leave a Reply

Your email address will not be published. Required fields are marked *