चिसो बढेसँगै खुलेको साम्राज्ञीको मादकता (तस्बिरहरू)

ByRocket Reporter

८ आश्विन २०७९, शनिबार ०६:५३ ८ आश्विन २०७९, शनिबार ०६:५३ ८ आश्विन २०७९, शनिबार ०६:५३

‘लण्डन टु पेरिस’ फिल्मको छायांकन सकिएपछि अभिनेत्री साम्राज्ञी शाह यतिबेला स्वदेश फर्किएकी छन् ।

बेलायत र फ्रान्सका विभिन्न सहरमा एक महिना चलेको सुटिङ सकेपछि साम्राज्ञी अहिले नेपाल घुमघाममा छिन् ।

‘ड्रिम्स’ डेब्यु गर्ल यतिबेला पोखरामा ह्याङआउट गरिरहेकी छन् । बुधबार इन्स्टाग्राममा उनले पोस्ट गरेको स्वीमवेयरसहितको तस्वीरमा साम्राज्ञी हट देखिन्छिन् ।

पोखराको भिल्ला कर्माबाट पोस्ट गरिएका केही तस्वीरमा साम्राज्ञीको मादकता र सौन्दर्य खुलेको छ । हात र कोखामा साम्राज्ञीको आकर्षक ट्याटु पनि देखिन्छ ।

साम्राज्ञीसँगै फेवातालको प्राकृतिक सौन्दर्य पनि मनमोहक लाग्छ । जुस पिउँदै गरेकी साम्राज्ञीले ‘समर’ क्याप्सन लेख्दै तस्वीर पोस्ट गरेकी हुन् । त्यसपछि पनि उनले निरन्त हट तस्बिर साझा गरिरहेकी छन् ।

तस्वीर : साम्राज्ञीको इन्स्टाग्रामबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *