अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, ७ जना बेपत्ता « प्रशासन

ByRocket Reporter

१ आश्विन २०७९, शनिबार ०३:२० १ आश्विन २०७९, शनिबार ०३:२० १ आश्विन २०७९, शनिबार ०३:२०

धनगढी । अछाममा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता भएका छन् ।

जिल्लाको तुर्माखाद गाउँपालिका-५ काँडामा पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालकाअनुसार शुक्रबार राति पहिरो जाँदा पुरिएर बेपत्ता भएकामध्ये २ जनाको शव भेटिएको छ भने सात जना अझै बेपत्ता रहेका छन् ।

अहिले प्रहरी टोली घटनास्थलतर्फ हिंडेको छ तर सडकमार्ग अवरुद्ध भएकाले पुग्न समय लाग्नसक्ने बताइएको छ ।


(News Source: Prasashan)

Leave a Reply

Your email address will not be published. Required fields are marked *