यी हुन् मँहगा ५ नेपाली नायिका: कसको पारिश्रमिक कती ?

ByRocket Reporter

२४ भाद्र २०७९, शुक्रबार ०८:२० २४ भाद्र २०७९, शुक्रबार ०८:२० २४ भाद्र २०७९, शुक्रबार ०८:२०

पछिल्लो समय नेपाली नायिकाहरूको पनि पारिश्रमिकको चर्चा हुने गरेको छ । पछिल्ला नायिकाहरूको पारिश्रमिक मँहगो हुदै गएपछि चर्चा पनि चुलिदै गएको छ ।

यसैक्रममा हामीले केहि नायिकाहरूको पारिश्रमिकबारे चर्चा गरेका छाैँ । बिभिन्न समाचार , भिडियो र सोसलमिडियाको सहयोमा हामीले यो सामाग्री तयार पारेका हाैँ ।

प्रियंका कार्की-

चर्चित नायिका हुन् – प्रियंका । उनले अभिनय गरेका चलचित्र ‘नाइँ नभनु ल २’, ‘नाइँ नभनु ल ५’, ‘छक्क पन्जा’, ‘छक्क पन्जा २’, ‘छक्का पन्जा ३’, ‘ह्याप्पी डेज’, ‘कथा काठमाण्डु’ लगायतका चलचित्र सुपर हिट भएका छन् । स्रोतकाअनुसार उनले प्रति फिल्म ९- १० लाख पारिश्रमिक लिइरहेकी छन् ।

तर पछिल्लो समय भने मुख्य भूमिकामा उनको डिमान्ड कम हुदै गएको छ । उनी हाल अामा पनि बनिसकेकी छन् ।

पुजा शर्मा

नायिका पुजा शर्माले चलचित्र ‘अझै पनि’ बाट डेब्यु गरेकी थिइन् । यस चलचित्रको सफलता पछि उनका चलचित्र ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायत ब्याक टु ब्याक सुपर हिट भएका छन् । पुजाले चलचित्र ‘पोई पर्यो काले’ मा २० लाख पारिश्रमिक लिएको चर्चा थियो । पछिल्ल समय उनी फिल्म निर्माणमा पनि ब्यस्त छिन् ।

नम्रता श्रेष्ठ

नम्रताले अभिनय गरेका नेपाली चलचित्र ‘सानो संसार’, ‘प्रसाद’ लगायत एक पछि अर्को चलचित्र सुपर हिट भएका छन् । उनले चलचित्र ‘प्रसाद’मा १५ लाख पारिश्रमिक लिएको बताइन्छ ।

स्वस्तिमा खड्का

पछिल्लो समय निकै चर्चित नायिका हुन् स्वस्तिमा खड्का । उनका गीत एक पछि अर्को सुपर हिट भएका छन् ।उनीले अभिनय गरेका चलचित्रमा ‘छक्क पन्जा २’, ‘नाई नभन्नु ल ५, ‘जय भोले’, ‘बुलबुल’ लगायतका चलचित्र सुपरहिट छन् । उनले १०- १२ लाख पारिश्रमिक लिन थालेकी छिन् ।

सम्राज्ञी राज्यलक्ष्मी शाह

चलचित्र ‘ड्रिम्स’ बाट चर्चामा आएकी नायिका हुन् – सम्रागी राज्यलक्ष्मी शाह । उनले अभिनय गरेका चलचित्र ‘ए मेरो हजुर २’, ‘तिमी सँग’, ‘कायर’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायत चलचित्र सुपर हिट भएका छन् । सम्रागीले चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मा १५-१६ लाख पारिश्रमिक लिएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *