गैर आवासीय नेपाली सङ्घ अमेरिका तदर्थ समिति गठन, अध्यक्षमा सूर्य लम्साल चयन « प्रशासन

ByRocket Reporter

१२ भाद्र २०७९, आईतवार ०३:०६ १२ भाद्र २०७९, आईतवार ०३:०६ १२ भाद्र २०७९, आईतवार ०३:०६

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (शेष घले समूह) को अमेरिका तदर्थ समिति गठन भएको छ । जसको अध्यक्षमा सूर्य लम्साल चयन भएका छन् ।

क्षेत्रका सल्लाहकारहरू एसी शेर्पा, पासाङ लामा, उपाध्यक्ष बिआर लामा, सचिव कृष्ण केसी, आरसी कृष्ण पोख्रेल, आइसिसी सदस्यहरू डा नवीन खनाल, छोङ्गकर्मा शेर्पा, शशि अधिकारी, पवन योञ्जन, रामबाबु पाण्डे र भक्त भण्डारी समेतको उपस्थितिमा तदर्थ समिति गठन गरिएको हो ।

तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञान थापा, उपाध्यक्षमा प्रदीप पौडेल, चन्द्र लामा, अनिल पाण्डे, मीन खड्का, नवराज सुवेदी र पदम लामा रहेका छन् । यस्तै महासचिवमा सरिता गुरुङ, सचिवमा नसिम अन्सारी, टङ्क सोडारी, विष्णु केसी, प्रकाश रानाभाट, प्रदीप श्रेष्ठ कोषाध्यक्षमा कृष्ण पोखरेल रहेका छन् ।

यस्तै प्रवक्तामा बिराज भण्डारी तथा युवा संयोजकमा देव राना चयन हुँदा १२ जनालाई सदस्य बनाइएको क्षेत्रीय संयोजक कृष्ण पोख्रेलले जानकारी दिए ।


(News Source: Prasashan)

Leave a Reply

Your email address will not be published. Required fields are marked *