सहयोग गर्न खोज्दा नराम्रोसँग यसरी फसिन् करिश्मा !

ByRocket Reporter

११ भाद्र २०७९, शनिबार ०६:४९ ११ भाद्र २०७९, शनिबार ०६:४९ ११ भाद्र २०७९, शनिबार ०६:४९

सहयोग गर्न खोज्दा अभिनेत्री करिश्मा मानन्धर गम्भीर समस्यामा फस्ने देखिएको छ । कुमारी आमा भनेर चिनिने निहारिका राजपूतले अभिनेत्रीविरुद्ध उजुरी दिन लागेकी हुन् ।

उनले आफ्नो निजी तस्बिरहरु विना अनुमति सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेको भन्दै मानन्धरविरुद्ध उजुरी दिने भएकी हुन् । उनले करिश्माविरुद्ध साइबर क्राइमको मुद्दा हाल्न लागेकी हुन् । करिश्माले आफ्नो चरित्र ह त्या गरेको राजपुतको आरोप छ ।

योसँगै उनले आफू अनशन बसेको बेला अभिनेत्री मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् ।

निहारिका गत असारमा पहिलोपटक अनशन बस्दा करिश्माले उनलाई २० हजार रुपैयाँ सहयोग दिएकी थिइन् । तर, दोस्रोपटकको अनशनमा भने करिश्माले आफूले गरेको सहयोगप्रति पछुतो व्यक्त गरेकी छन् ।

पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् । राजपुत, आफू १७ वर्षको हुँदा शिवराज श्रेष्ठले न शालु पदार्थ खुवाएर ब ला त्कार गरेको र त्यसैबाट जन्मेको छोरा २३ महिनाको छोरा हुँदा पनि न्याय नपाएको भन्दै लडाँई लड्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *